मंसिर ०८ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८१, शनिबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर ०८ गते शनिबार ई.सं.२०२४ नोभेम्बर २२ नेपाल सम्बत ११४५ कछलागा अष्टमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण अष्टमी चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:३० बजे भयो भने सूर्यास्त साँझ ०५:०९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । पराक्रम बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला । मित्र एवम् प्रियजनसँग विशेष भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्ने दिन छ । सवारीसाधन चलाउँदा विशेष सजगता अपनाउनुहोला । स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्नेछ । अनावश्यक झमेलामा पर्ने योग रहेकोले यात्राको क्रममा सावधान रहनुहोला । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पुराना तथा थाती रहेका कामहरु सम्पन्न हुन सक्ने दिन छ । आयआर्जन होला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । डुबेको धन फिर्ता हुनसक्ने योग छ । मित्रजनको सहयोगले मन हर्षित रहला । लाभदायी कार्यमा लगानी बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज महत्वपूर्ण तथा कुनै पनि नयाँ काम नथाल्नुहोला । रमाइलो यात्राको योग छ । लेनदेको काम आज नगरेकै बेश हुनेछ । घरमा पाहुना आगमनको सम्भावना छ । आय बढ्नेछ । रसरागको काममा आकर्षण बढ्ला । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफल होइनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । आजको दिन स्वास्थ्यका लागि खानामा ध्यान पु¥याउनुहोला । धनको नाश हुन सक्ने योग रहेकोले विशेष सचेतनाको दरकार छ । दाम्पत्य सम्बन्ध तथा प्रेममा पनि धोका हुन सक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने सम्भावना छ । कार्यगति बढ्नेछ भने समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन राम्रो छ । उन्नतिको अवसर प्राप्त होला । मन हर्षित रहनेछ । स्वास्थ्य सबलताका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उपयुक्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मिश्रित फलदायी रहनेछ । कृषिक्षेत्रमा अलिक बढी लगानी र परिश्रम गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । अध्ययन/अध्यापनमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । मातापितासँगको भेटघाटले मनमा हर्ष उल्लास बढाउला । रोकिएको काम मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन शुभदायी छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुनेछ । काम गर्नमा जाँगर थपिने देखिन्छ । व्यापारमा फाइदा र धनलाभको योग छ । पारिवारिक सुख पनि मिल्ला । प्रेमभाव र सुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन खासै उत्साहजनक नरहन सक्छ । ब्यर्थै समयको नाश होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकै व्यक्तिबाट धोका हुनसक्ने योग छ । उदासिनता बढ्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वास्थ्यका दृष्टिकोणले राम्रो समय भएपनि आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहने छ तर जागिरमा भने सजक रहनु हितकर होला । व्यवसायमा आर्थिक लाभ हुनेछ भने कामको प्रशंसा भइ मान पनि पाउन सकिन्छ । प्रेमभाव वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता वृद्धि हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त होला । सुखद एवम् मनोरञ्जनात्मक यात्राको योग पनि रहेको छ । काम बन्नाले मन रमाृउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्