मंसिर ०७ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८१, शुक्रबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर ०७ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर २२ नेपाल सम्बत ११४५ कछलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण सप्तमी चन्द्रमा कर्कट राशिमा, अश्लेक्षा नक्षत्र, ब्रह्मा योग, बवकरण । आज नेपालमा सूर्योदय बिहान ०६:३१ बजे भयो भने सूर्यास्त साँझ ०५:१० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिश्रमअनुसार उपलब्धि पनि राम्रै हातपर्ने समय छ । रोकिएका काम पुनः सुरु हुनाले मन शान्त र सन्तुष्ट रहला । व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धनलाभको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । नजिकका मित्रजन सहयोगी बनेर देखापर्न सक्छन् ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय राम्रो भएपनि आज खर्च बढ्ने र कतै विवाद हुन सक्ने भएकोले बोली र व्यवहारमा विशेष सतर्कता अपनाउनु उचित हुनेछ । शत्रुजन वा प्रतिष्पर्धी सक्रिय हुनेछन् । खर्च बढ्न सक्ने योग छ । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ भने आफन्तजनले सघाउने छन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन शुभदायी छ । पढाइलेखाइमा प्रगति होला । धनलाभको योग छ । तपाईंको प्रतिभाले धेरैलाई प्रभावित गर्न सक्छ । महत्वपूर्ण कार्य केही ढिलै भए पनि अन्ततः सफल हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने र समष्टिमा दिन मनोरञ्जनात्मक रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता केही बढेपनि समय तपाईंकै पक्षमा हुने देखिन्छ । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह-सहयोग आउला । धनलाभको योग छ । मिठो भोजन प्राप्त होला । कर्मबल बढ्नाले रोकिएको काम अघि बढ्ने दिन छ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । नयाँ काम मिल्ने तथा धन आर्जनको अवसर जुर्ला । रमणीय र सुखद यात्राको योग छ । कृषिजन्य कामबाट विशेष लाभ हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ भने रसरागमा आकर्षण बढ्नेछ । सामाजिक काममा मन जाला, जसले प्रतिष्ठा दिलाउनेछ । बौद्धिक एवम् कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन खास सफलतादायी नरहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । कतै यात्रागत कार्यको योजनामा हुनुहुन्छ भने स्थगन गर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुने योग छ । स्वास्थ्यमा गडबडीकोे सम्भावना रहेकोले खानपानमा सजक रहनुहोला । मित्रजन सहयोगी बनेर देखापर्नेछन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बन्न लागेको काम बिग्रन गइ मन चिन्ताग्रस्त हुन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । महत्वपूर्ण कार्यमा दुविधाको भाव पैदा हुन सक्छ । विशेष योजनालाई आजका लागि स्थगन गर्नु नै उचित हुनेछ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिने समय छ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढेपनि कठोर मिहिनेतले रोकिएको काम बन्ने समय छ । सामर्थ्य वृद्धि हुनेछ । अध्ययन/अध्यापन कार्यमा प्रगति होला । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइनेछ । आजको दिन खर्च भन्दा कमाई नै बढी हुने देखिन्छ । धन आर्जनका नयाँ बाटा खुल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन शुभदायी छ । काममा जोशजाँगर बढ्नेछ । सोचेका कामहरु सजिलैसँग बन्नेछन् । विलासी कार्यमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कलासम्बन्धी गतिविधि तथा गीतसंगीतमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय खासै राम्रो छैन । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाको परिस्थिति सिर्जना हुन सक्छ, सचेत रहनुहोला । वादविवादबाट पर रहनु हितकर हुनेछ । तथापि साहस वृद्धि हुनेछ भने कर्मबल बढेको अनुभूति हुनेछ । आफ्नो दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनमा दुविधाग्रस्त रहनसक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो नहोला । नियमित कार्यमा पनि हैरानी बढ्न सक्ने समय छ । व्यावसायिक कार्यमा घाटा सहनुपर्ने योग छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । दाजुभाइको सहयोग र समर्थन प्राप्त हुनेछ भने आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख–सुविधाको बस्तु हासिल होलान् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्