आज मिति वि.सं.२०८१ मंसिर ०६ गते बिहीबारर ई.सं.२०२४ नोभेम्बर २१ नेपाल सम्बत ११४५ कछलागा षष्ठी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण षष्ठी चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शुक्ल योग, वाणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:२९ बजे भयो भने सूर्यास्त साँझ ०५:०९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि हुनेछ । व्यापार-व्यवसायमा लगानी बढाउन सकिने समय छ । परिवारजन एवम् साथीभाइको सहयोग प्राप्त होला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर सामान्य लाभ प्राप्त हुने नै छ । धनलाभको योग रहेको छ । आफन्तजनप्रति आत्मीयभाव बढ्नेछ । आमोदप्रमोदको परिवेशमा रमेर दिन बित्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । आज ब्यापारबाट राम्रै लाभ हुनुका साथै भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि फाइदा हुने देखिन्छ । आयआर्जनका स्रोत बढ्नेछन् भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रशन्न रहला । अध्ययन तथा अध्यापन कार्यमा प्रगतिको योग छ । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुखको अवस्थाले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लाभदायी काम प्रारम्भ गर्न सकिने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामहरूको प्रशंसा हुनेछ । नोकरीमा प्रशंसा तथा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको योग छ । काममा स्थानान्तरण हुन सक्छ । पराक्रम बढ्ने र शत्रुमाथि विजय प्राप्त हुने भएपनि आज बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सावधान रहनु उचित हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन मिश्रित फलदायी रहला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने योग छ, तर खर्चवृद्धिको अत्यधिक सम्भावना छ । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोबार नगर्नु हितकर हुनेछ । महत्वपूर्ण काममा बाधा हुन सक्छ भने प्रतिस्पर्धीहरूले तपाईंको स्थान ओगट्न सक्छन्, ख्याल राख्नुहोला । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज जाँगरमा केही कमी तथा अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । हातमा आएका केही अवसर गुम्न सक्छन् । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । तथापि, भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सवारीसाधन वा हातहतियार उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । मित्रजनको साथ मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्यबल बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने योग छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सचेत रहनुहोला । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन होला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्ने योग पनि रहेकोले सजगताका साथ कदम चाल्नु वान्छनीय छ । मान-सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सचेत रहनुहोला । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भागदौडधुप बढ्नेछ । जोखिम वृद्धि होला समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । अन्धविश्वासको भरमा काम गर्नाले सास्ती मिल्न सक्छ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजगताको दरकार छ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन परसेवामा ज्यादा समय बित्न सक्छ । मानसम्मानका साथमा आम्दानी बढ्ने देखिन्छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्त होला । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुने योग छ । व्यावसायिक काममा भने खर्च केही बढ्नेछ । साहस वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहवर्द्धक समाचार सुन्न पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेम विवाहमा परिणत हुने योग छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ भने परिवारजनको सहयोगले उत्साह बढाउनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । प्रेमभाव बढ्नेछ, रसरागमा आकर्षण रहनेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सकारात्मक कार्यमा व्यस्तता बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता रहने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । अध्ययन/अध्यापनमा प्रगति र स्थायी सम्पत्ति बढाउन सकिने योग छ । मिठो भोजन प्राप्त होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ भने विलासितामा खर्च बढ्ने सम्भावना छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु उचित होला । सरकारी निकायबाट कडिकडाउको सिकार भइने योग छ, सावधान रहनुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्