मंसिर ०४ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८१, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर ०४ गते मंगलबार ई.सं.२०२४ नोभेम्बर १९ नेपाल सम्बत ११४५ कछलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण कृष्ण पक्ष, चन्द्रमा मिथन राशिमा, आर्द्रा नक्षत्र, पुनवार्शु । आज नेपालमा सूर्योदय बिहान ०६:२७ बजे, सूर्यास्त साँझ ०५:१० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको समाचार सुन्न पाइनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ । आरोग्यता रहनेछ भने दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्ने योग छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, तर प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनोरञ्जनतर्फ मन जाने समय छ, तर कामधन्दा र व्यवसायको चापले गर्दा दाम्पत्य सम्बन्ध वा पे्रमी–प्रेमिकाबीचको सम्बन्धमा केही चिसोपन देखिन सक्छ । आजको दिन काममा पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान वा कतै यात्राको सम्भावना छ, तर आज अनावश्यक यात्राको योजनालाई थाती राख्नु नै कल्याण होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमन हुने देखिन्छ । शरीर फूर्तिलो भएको महसुस होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले आजको दिन बोली र व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । रसरागमा आकर्षण रहनेछ भने व्यस्तता बढ्नेछ । प्रतिष्पर्धीहरु परास्त हुनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यबल वृद्धिको समय छ । आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहला तर शरीरमा उत्साह र उमङ्ग रहनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रम वृद्धि होला । व्यापार–व्यवसायमा विशेष फाइदाको योग छ । आम्दानी बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । मित्रजन सहयोगी सावित हुनेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): केही जोखिम बढेपनि बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । पढाइलेखाइमा प्रगति होला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जटिल कार्यमा पनि धैर्यले काम लिने प्रयत्न गरे सफलता मिल्ने योग छ । कार्यगति बढ्नुका साथै आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नपर्ला, तर आजको दिन सहयोगीहरूले साथ दिनेछन् । नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम सम्पादन हुने समय छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । आजको दिन कसैसँग सामान्य विवाद वा झगडा पनि हुन सक्छ, सचेत रही व्यवहार गर्नु उचित होला । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुने देखिन्छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज सार्थक होला । प्रेमभाव र कर्मबल वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्ने तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूलाई सहयोग गर्ने वरिष्ठ व्यक्तित्वसँग सम्बन्ध प्रगाढ बन्ने देखिन्छ । बन्दव्यापारबाट फाइदा नै हुनेछ । आर्थिक पक्ष सबल रहला । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्नुछ भने राम्ररी मोलतोल गर्नु हितकर होला । भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । मातापिता एवम् विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । सामर्थ्य वृद्धि र कार्य सफलताको योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन नयाँ काम तथा जिम्मेवारी हातपर्न सक्छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । आर्थिक पक्ष सबल रहला । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भावना छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने देखिन्छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्