प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक विषयमा छलफल भएको हो ।

भेटमा सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि छलफल भएको छ । ओलीले सामाजिक सञ्जालमा भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए ।’

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्