रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन् ।

अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ । यसअघि लामिछानेलाई कास्कीबाट रुपन्देही झिकाएर बयान लिईएको थियो । सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौंकोस्थित् पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्