आज मिति वि.सं.२०८१ कार्तिक १६ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर ०१ नेपाल सम्बत ११४४ कौलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण औंसी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, प्रीति योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०६:१४ बजे भयो भने सूर्यास्त साँझ ०५:१९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मिश्रित फलदायी दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् तर बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य खासै नपाइएला । व्यापारमा हुनेका लागि लाभदायी बेला छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । मेहनतले कीर्ति दिलाउनेछ । आफन्तसँग असमझदारी बढ्न सक्ने योग भएकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । कुनै विशेष प्रकारको नयाँ योजनामा कदम बढाउँदै हुनुहुन्छ भने केही समय पर्खहुनु उचित हुनेछ । आजको दिन रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग पनि छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । प्रेमभाव र उत्साह बढ्ने दिन छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता वृद्धि हुने तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । सामाजिक दायित्व बढ्नेछ भने बौद्धिक कार्यबाट धनलाभ हुनेछ । तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । अध्ययन कार्यमा प्रगति होला । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिष्ठित काम गर्ने अवसर जुर्नुका साथै अरूलाई प्रभावित पारेर इनाम र प्रतिष्ठा कमाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्ने देखिन्छ । व्यापारमा राम्रै उन्नति होला । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सबै कुराका सहयोगीहरूको भर पर्नुचाहिँ उचित नहोला । स्वास्थ्यप्रति विशेष सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद तथा भ्रमण कार्यमा रुचि बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । विशेष योजनामा सोचेअनुसारको लाभ प्राप्त हुने समय छ । तर, अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । स्वास्थ्यमा केही कमजोरीको अनुभूति होला । मुख्य काममा बाधा हुने योग रहेकोले सोचसमझका साथ कार्य गर्ने यत्न गर्नु उचित हुनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ, तर परिस्थितिले अप्ठ्यारो मोडमा खडा गर्न पनि सक्ने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजन पनि टाढिन सक्छन् । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । आत्मविश्वासका साथ प्रयत्न गर्दा अवसरको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आम्दानी बढ्ने र कतै आतिथ्यपूर्ण सम्मान पाइने सम्भावना छ । प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । व्यपारिक बढोत्तरीको योजनामा सफलता प्राप्त होला
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय शुभदायी छ । तपाईंको कामले अरूको मन लोभ्याउनेछ, साथै दाम, इनाम र प्रतिष्ठा आर्जन होला । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्रा सम्भावना छ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्नेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । विशेष योजनाहरू बन्नेछन् भने कामको तारिफ धेरैले गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष र उत्साह बढ्नेछ । सामान्य अस्वस्थताले कार्यमा ढिलासुस्ती हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । तर, आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्ने योग छ । इर्ष्या गर्नेहरू सक्रिय रहन सक्छन् र, केही विवादमा समेत परिने योग छ, सजग रहनु हितकर होला । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप बढ्नेछ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने र नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने समय छ । ठूलै प्रयत्न गर्दा सामान्यमा फाइदा होला । आजको आर्जन सञ्चय नहुन पनि सक्छ । विवाद या प्रतिष्पर्धामा भने विजयी भइनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजन एवम् शुभचिन्तकको सहयोगले हिम्मत दिलाउला । आफ्नो अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास पनि गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्