कार्तिक १२ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ कार्तिक १२ गते सोमबार ई.सं.२०२४ अक्टोबर २८ नेपाल सम्बत ११४४ कौलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण एकादशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, ब्रद्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:११ बजे भयो भने सूर्यास्त साँझ ०५:२२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढ्नेछ तर अनुकूलता वृद्धि हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्तम छ । नयाँ काम प्रारम्भ हुनुका साथै विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । पराक्रम वृद्धिका साथै उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन राम्रै छ । पुराना मित्रजनसँग भेटघाटको अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । व्यापारमा राम्रै लाभ हुने योग छ । स्वास्थ्यमा केही कमजोरी अनुभूति होला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । समस्याको समाधान र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । तारिफयोग्य काम सम्पादन हुनाले थप मौका जुट्न सक्छ । तथापि, अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु आवश्यक छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । तर, इर्ष्या गर्नेहरूप्रति आजको दिन विशेष सावधान रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको प्रस्ताव आउने र पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर मिल्न सक्छ । राम्रैसँग धन आर्जन हुने योग छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर मिल्नसक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । आयबल वृद्धि हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर, अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नु हितकर होला । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ, ख्याल राख्नुहोला । छरछिमेकमा असमझदारी बढ्न सक्छ । कुनैपनि काममा बलजफ्ती नगर्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही चुनौतीयुक्त रहनेछ । व्यापार-व्यवसायमा हुनुहन्छ भने ठूलो उपलब्धि हासिल गर्न नसकिएला । इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा ध्यान दिनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले सचेत रहनुहोला । खर्च केही बढ्न सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप बढेपनि बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । मेहनत गर्दा पहिले रोकिएको कार्यको पूर्णता र प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि रमाइलो यात्रा हुनसक्ने सम्भावना छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुटेपनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक बस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । प्रेमभाव बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धन आर्जनको अवसर पनि मिल्ने समय छ, तर आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । आजको दिन आफ्ना नातेदारहरुसंग विवाद वा झैझगडा पर्न सक्छ, सावधानीका साथ बोली र व्यवहार गर्नु उचित हुनेछ । आर्थिक समस्या पनि पर्न सक्छ । सवारीसाधनको प्रयोग गर्दा आज विशेष सावधानी अपनाउनुपर्नेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय शुभदायी छ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ भने प्रशंसकहरू बढ्नेछन् । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । तर, फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । नसोचेको ठाउबाट धनमाल आर्जन हुने योग छ । प्रेमभाव वृद्धि हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्