कार्तिक ०६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार ई.सं.२०२४ अक्टोबर २२ नेपाल सम्बत ११४४ कौलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण पञ्चमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:०७ बजे भयो भने सूर्यास्त साँझ ०५:२९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्य कामकुरामै समय ब्यतीत भएपनि आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । व्यवसायिक कार्यमा राम्रै लाभ हुने योग छ । पढाइलेखाइमा सुधार आउला । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । खर्च केही बढे पनि पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्त रहनुपर्ने दिन छ । दुर्गमस्थान र टाढाको यात्रा हुने सम्भावना छ, तर आज अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त होला । मित्रजनका साथ मनोरञ्जनपूर्ण जमघट हुन सक्छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिका वा प्रेमीसँग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । आर्थिक कार्यमा आकर्षण बढ्नेछ, कर्मबल वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइने योग रहेकोले कुनैपनि निर्णय संयमताका साथ लिनु हितकर हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने समय छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धन प्राप्त हुने सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । कर्मबल बढ्नेछ भने साथीभाइको सहयोग प्राप्त होला । रोकिएको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त रहला । पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । तथापि, स्वास्थ्य सबल रहनेछ र काममा पनि केही फाइदाकै योग छ । प्रतिकुलताका बाबजुद पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा पनि प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सोचेजस्तो अनुकुल नभएकोले हरेक कदम फुकी–फुकी चाल्नु उचित हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा ध्यान दिनु राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । तर, कसैसँग सामान्य विवाद पनि हुन सक्छ । सवारी साधनको प्रयेगमा विशेष सतर्कता अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । प्रेमभाव बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनलाई परास्त गर्न सकिनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध रहने योग छ । बन्दव्यापारबाट फाइदा हुनेछ, अर्थात् आर्थिक पक्ष सबल नै छ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने दिन छ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । सामर्थ्य वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ कामको जिम्मेवारी हातपर्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्ने तथा अर्काको सेवामा लाग्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुने र सुख विलास मिल्ने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्