काठमाडौं – टी २० सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।
टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएकोमा अहिले नेपाल जवाफी ब्याटिङ थालेको छ।


प्रतिक्रिया दिनुहोस्