कार्तिक ०१ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ कार्तिक ०१ गते बिहीबार ई.सं.२०२४ अक्टोबर १७ नेपाल सम्बत ११४४ कौलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल पूर्णिमा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्याघात योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६:०५ बजे भयो भने सूर्यास्त साँझ ०५:३२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन आफू कमजोर भएको अनुभूति हुनसक्छ । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने कोशसि गर्नु उचित हुनेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । मित्रजनको सहयोगबाट आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । तर, विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने सम्भावना छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बौद्धिक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर, समयमा होश नपुग्नाले खर्च बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । जोखिम बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका जुर्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । आरोग्यता र प्रेमभाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): श्रमको उचित मूल्यांकन हुन नसक्ने समय रहेकोले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने दिन छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । आकस्मिक खर्च बढ्ने योग छ । आरोग्यबल बढ्नेछ । प्रेमभाव वृद्धि एवम् यात्राजन्य कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन खासै उत्साहजनक नरहन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउनुका साथै लगानी, दौडधुप, श्रम र प्रयत्न निष्फल बन्नसक्ने योग छ । स्वादिष्ट भोजनको अवसर जुरेपनि सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, ध्यान राख्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्, काममा रोकावट र मानसम्मानमा आघात पार्ने कोशिस हुन सक्छ, तर जित तपाईंकै हुनेछ । लेखन तथा अध्ययन-अध्यापनमा भने त्यति समय दिन नसकिएला । आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ, तर यात्राको व्यवस्थापनमा खर्च हुने देखिन्छ । प्रतिस्पर्धामा लापर्वाही गर्दा निकै नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ, ध्यान राख्नुहोला । कृषिकर्ममा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि फाइदा नै हुने देखिन्छ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग भएकोले सबल स्वास्थ्यका लागि विशेष ध्यान राख्नु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने समय छ । सफलताका लागि थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । व्यक्तिगत कमी-कमजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । ग्रहयोगले काममा अवरोध आउने देखिएपनि प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । आयआर्जन पनि राम्रै हुने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्