असोज २९ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज २९ गते मंगलबार ई.सं.२०२४ अक्टोबर १५ नेपाल सम्बत ११४४ कौलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल त्रयोदशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, वृद्धि योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६:०३ बजे भयो भने सूर्यास्त साँझ ०५:३४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन खासै अनुकुल नरहला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । स्वतन्त्रतामा बाधा पु¥याउन खोज्नेहरू सक्रिय रहने योग भएकोले अत्यन्त सचेतनाका साथ आफ्नो कर्ममा अघि बढ्ने प्रयास गर्नु उचित हुनेछ । धनमाल हराउने तथा खर्च केही वृद्धि हुने सम्भावना छ । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता प्राप्त होला । अप्ठ्यारोमा मित्रजनको साथ रहनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कुनै उत्साहजनक समाचारले हर्ष बढ्ने योग रहेपनि आज भाग्यले खासै साथ दिनेछैन । खर्च वृद्धि र लेनदेनमा विवाद बढ्न सक्छ, संयम भएर काम गर्नुहोला । चिताएको काम थाती रहने सम्भावना छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्तमिलनले सुख दिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता तथा पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । धन आर्जनको योग छ, तथापि व्यर्थको खर्चले मन पिरोल्ला । फलदायी यात्राको अवसर मिल्नेछ । अरुको भर पर्दा काममा जोखिम बढ्ने योग रहेकोले आफ्नै प्रयत्नबाट काम निप्ट्याउने प्रयास गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अधुरा काम बन्ने र राम्रै लाभ प्राप्त हुने समय छ । नोकरी तथा राजनीतिमा पनि सफल भइएला । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने योग छ । प्रियजनँगको भेटले मन प्रफुल्ल रहला । साझेदारीको काम बन्नेछ । प्रेमभाव वृद्धि तथा रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने समय छ, आफ्ना कार्यमा विशेष गोपनीयता अपनाउनु हितकर होला । कुभलो चिताउनेहरूकै कारण निश्चय भएको काम अचानक बिग्रन सक्छ । तथापि, उत्साहजनक परिश्रमका कारण काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने योग छ । कतै सामान्य वादविवादको सामना गर्नुपर्ने देखिन्छ तर जित तपाईंकै होला । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग प्राप्त हुने दिन छ । विभिन्न अवसर पाइनेछ । कीर्तिमानी ढंगले काम सम्पादन हुन सक्छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । काममा हैरानी बढ्न सक्छ । जागिरको काममा अनावश्यक डर हुनेछ । आजको दिन चोटपटकबाट जोगिन विशेष सजगता अपनाउनु हितकर हुनेछ । प्रेम वृद्धि हुनेछ । आफन्तको साथ र यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ प्राप्त होला । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । धन आर्जनको दृष्टिले पनि राम्रो दिन छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ कामका स्रोत फेला पर्ने तथा अप्रत्याशित लाभ हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । आफन्तको साथ सहयोग प्राप्त हुनेछ । मिहिनेतले रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ । समग्रमा मनोरञ्जनपूर्ण दिन छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही प्रतिकुल रहन सक्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन् । अनावश्यक झमेलामा परिने सम्भावना भएकोले विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । नियमित कार्यलाई निरन्तरता दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आरोग्यतका साथै सफलता बढ्नेछ । आफ्नो दायित्व राम्रैसँग पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आफूले सोचेभन्दा बढी नै लाभ मिल्ने योग छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा मान्यजनको सहयोग प्राप्त होला । राम्रो आर्जनका कारण सुख मिल्नेछ । सामर्थ्य वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत गर्दा विशेष सफलता प्राप्त होला । यात्रागत कार्यबाटै धनलाभ हुने योग छ । दाम्पत्यजीवन सुखद रहला । भाग्य र कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्