असोज २७ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज २७ गते आईतबार ई.सं.२०२४ अक्टोबर १३ नेपाल सम्बत ११४४ कौलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल एकादशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शूल योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:०२ बजे भयो भने सूर्यास्त साँझ ०५:३६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिस्पर्धामा केही कमजोर सावित भइने दिन छ । चिताएको काममा सफलता नमिल्न सक्छ, तर हतास हुनु आवश्यक छैन । नजिकका साथीभाइहरु रुष्ट हुन सक्छन्, व्यवहारमा सावधानी अपनाउनुहोला । काममा कठिनाइ सहनुपरे पनि मिहेनतले सकारात्मक परिणम दिलाउन सक्छ । आज यातायातका साधनबाट विशेष जोगिएर रहनु हितकर हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक कामका बोझ केही बढेपनि आज आयआर्जन सन्तोषजनक रहने छ । रुचिका विषयमा लगानी बढाउन सकिने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुने योग छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रसरागका कर्ममा मन जाला । जोखिममा नपर्नु बेस रहनेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख वृद्धि हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने समय छ । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । आर्थिक लाभ हुने योग छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि रमाइलो भेट होला । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन केही चुनौतीयुक्त हुने देखिन्छ । वादविवादमा पर्ने सम्भावना भएकोले एकदमै सावधान रहनुहोला । अनायसै रुपैयाँपैसाको पनि क्षति हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिएला । परिवारजनमा असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । रसरागमा आकर्षण बढ्ने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कतै मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । नोकरीमा भने झमेलाको सामना गर्नुपर्ला । रसरागको कार्यमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुनेछ, तर आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने समय छ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ भने सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन र भेटघाट हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कुनै नयाँ कामको स्रोत फेलापर्ने दिन छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । जागिरे काममा भने समस्या देखापर्ने योग छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ । कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिहिनेतले रोकिएको काम बन्ने समय भए पनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने सम्भावना छ । भौतिक साधनको क्षति हुने योग रहेकोले सावधानी अपनाउनुहोला । आज तपाईंको सोच्दैनसोचेको ठाउँमा धन खर्च हुन सक्छ, ध्यान राख्नुहोस् । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा विशेष सावधानी अपनाउनु उचित होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका कामहरु बन्ने दिन छ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । कृषिकार्यबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै ब्यापार–ब्यावसायबाट राम्रो लाभ लिन सकिने योग छ । । आरोग्यता बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन शुभदायी छ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै लाभ हुने देखिन्छ । व्यावसायिक काममा फड्को मार्न सकिने समय छ । काम गर्न जाँगर चल्नाले धनलाभ पनि होला । समग्रमा दिन रमाइलो साथ बित्नेछ । खेलकूद तथा भ्रमणादिमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त हुन सक्छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । नवीन प्रकारको अवसर आउन सक्छ, तर विचार गरेर मात्र नयाँ काम सुरु गर्नु उचित होला । कतै टाढाको यात्राको सम्भावना छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन स्वास्थ्यगत कमजोरीले सताउला । घरायसी पीडाले मनमा डेरा जमाउन सक्छ । अनावश्यक रुपमा पैसा खर्च हुनाले काम गर्नमा खासै मन नजाला । भौतिक साधनको क्षति हुन सक्ने योग छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्