असोज २३ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज २३ गते बुधबार ई.सं.२०२४ अक्टोबर ०९ नेपाल सम्बत ११४४ कौलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल षष्ठी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:०० बजे भयो भने सूर्यास्त साँझ ०५:४१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): केही मात्रामा आर्थिक समस्याले सताएपनि काम गर्न जाँगर चल्ने र धनलाभ हुने दिन छ । सन्तानपक्षबाट सुखको अनुभुति हुनेछ । कुनै नयाँ कामको योजना बनाइरहनुभएको छ भने अघि बढ्नु उचित हुनेछ । सन्तानसुख तथा प्रेमभाव बढ्नेछ । दाम्पत्य सम्बन्धमा मिठास रहला । यात्राजन्य कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि भएको महसूस हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अनावश्यक रुपमा मन त्रसित रहन सक्छ । कसैसँग हल्का मनमुटाव पनि होला । मनमा तर्कनाको लहर चल्न सक्छ, आफूलाई शान्त राख्ने चेष्टा गर्नु हितकर हुनेछ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य पनि सामान्य तवरले कमजोर रहन सकछ । चोटपटकको भय रहेकोले सावधान रहनुहोला । समस्या परेको अवस्थामा मित्र एवम् आफन्तजनको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): जागिरमा खासै मन नलागे पनि राजनीति तथा समाजसेवाको कार्यमा सफलता र सन्तुष्टि प्राप्त हुने समय छ । धन, मान–आदर मिल्नेछ । राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने सकिने योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकारको भाव वृद्धि हुनेछ । धार्मिक क्षेत्रमा खर्च लगाउनु भावी समयका लागि उचित हुनेछ । कृषिकार्यबाट फाइदा लिन सकिने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम बढ्ने समय छ । अतिथिका रूपमा सम्मान पाइएला । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । परिवारमा भने सामान्य विवाद रहने योग छ । आकस्मिक निम्तोमा सहभागी हुनुपर्ला । सवल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख र यात्रागत कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही चुनौतीयुक्त छ । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । आज तपाइलाई अल्छीपनले सताउने देखिन्छ । अस्वस्थताको अनुभूति होला । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तजन तपाईंको पक्षमा रहनेछन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिश्रमअनुसार उपलब्धि राम्रै पाइने दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । बुद्घिको सही प्रयोग भइ चिताएको काम बन्नेछ । अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । धनलाभको योग छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): चिताएको काममा सफलता पाइने समय छ । कसैबाट समर्थन मिल्नेछ भने धनलाभको योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउला । मित्रजन एवम् परिवारबाट सुखको अनुभुति होला । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहला । सुख–सुविधाको बस्तुमा खर्च बढ्न सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएको काममा सफलता मिल्ने दिन छ । इष्टमित्रको सहयोग प्राप्त होला । आयबल बढ्नेछ । समाजिक सम्मान प्राप्त हुने समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइने सम्भावना छ । रमाइलो यात्राको योग पनि रहेको छ । रसरागात्मक कार्यमा आकर्षण रहला । मनोरञ्जनका क्रममा दिन बित्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बेकामको क्षेत्रमा पैसा खर्च हुने सम्भावना रहेकोले आज विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्य पनि खास अनुकुल नरहला । भौतिक सरसामनको क्षति हुने योग छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । कर्मबल भने बढ्नेछ । खेलकूद उवम् भ्रमणमा आकर्षण रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्यबल बढ्नेछ । बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल रहला । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । नचिताएको टाउबाट आम्दानी हुने दिन छ । आम्दानीका बाटाहरु खुल्नेछन् । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । दौडधुपको मिठो परिणाम प्राप्त होला । आफन्तजनको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्