असोज १७ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज १७ गते बिहीबार ई.सं.२०२४ अक्टोबर ०३ नेपाल सम्बत ११४४ कौलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल प्रतिपदा, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, एन्द्र योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५:५७ बजे भयो भने सूर्यास्त साँझ ०५:४७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही अनुकुल र केही प्रतिकुल परिस्थिति ब्यहोर्दै बित्ने देखिन्छ । ब्यस्तता बढ्नेछ । विशेष प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पैदा गर्न सक्छन्, सचेत रहनुहोला । पराक्रम र प्रेमभाव बढ्नेछ । रचनात्मक काममा सफलता प्राप्त गर्न सहज होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखद बन्नेछ । श्रद्धा र परोपकारमा मन गएपनि स्वास्थ्यमा केही कमजोरी अनुभूति हँदा शारीरिक सक्रियतामा कमी आउला । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनाले समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । मिठो भोजन प्राप्त हुनेछ भने कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले शत्रुपक्ष परास्त बन्नेछ । रसरागमा पनि आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने समय भएपनि राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । तथापि, नयाँ काममा हात हाल्न केही समय पर्खनु नै उपयुक्त हुने देखिन्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा पनि सोचेको फाइदा नहुने योग छ । रसराग एवम् मनोरञ्जनात्मक कार्यक्रममा आकर्षण रहला । यात्राको योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय शुभदायी छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुन सक्छन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार मिल्ने योग छ । अतिथिका रूपमा सम्मान समेत पाइएला । आयबल र कार्यगति बढ्नेछ । यात्रामा सफल रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौती बढ्ने देखिन्छ । अनावश्यक भ्रमणको योग छ भने स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुन सक्छ । अथक प्रयत्न गरे सहयोगीहरूले पनि काममा उत्साह जगाउन सक्छन् । कुनै विशेष नयाँ योजना छ भने सुरु गर्न केही समय धैर्य राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्ने समय रहेकोले विशेष सचेत रही कार्य गर्नुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ, तर आयआर्जनमा पनि कमी नआउला । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिको काममा सिथिलता आउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता, बौद्धिकता र पराक्रम वृद्धि हुनेछ । फजुल खर्चबाट बच्नका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतका समस्या बल्झिन सक्ने समय छ, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छन्, धैर्यताका साथ सम्पन्न गर्ने प्रयत्न गर्नु नै उचित हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्ने योग छ । रोकिएका काम बन्नाले पछिल्लो प्रहर उत्साह जाग्ने देखिन्छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । तथापि, चिताएको काम समयमै सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुने योग छ । दामपत्य सुख वृद्धि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कामको चापबाट केही फुर्सद पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । मनमा केही डरको भाव भएपनि विभिन्न अवसरले पछ्याउने देखिन्छ । बोलीको प्रभाव पनि बढ्ने योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साहस वृद्धिले आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन खासै अनुकुल नरहला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ, धैर्यताको जरुरत छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । मनमा प्रेमभाव भने रहनेछ । आफन्तजनको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्