आज मिति वि.सं.२०८१ असोज १६ गते बुधबार ई.सं.२०२४ अक्टोबर ०२ नेपाल सम्बत ११४४ ञंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण औंसी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, ब्रद्म योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५:५७ बजे भयो भने सूर्यास्त साँझ ०५:४८ बजे हुनेछ
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय केही प्रतिकुल रहने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । व्यापार-व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । सानो उपलब्धिका लागि पनि ज्यादा परिश्रम गर्नुपर्ने योग भएपनि प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । प्रेमभाव बढ्नेछ भने यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आश मारेको काम बन्नाले उत्साह जाग्ने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ भने विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तथापि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । स्वास्थ्य अनुकुल रहला । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय भएपनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । लगानी र श्रमको उचित मूल्य नपाइने योग भएकोले मन शान्त राख्ने प्रयत्न गर्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यले सार्थकता पाउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । इर्ष्या गर्नेहरूले काममा बाधा दिन सक्ने योग रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले उत्साह कायम रहला । रसरागात्मक क्रियाकलापमा मन जानेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल रहला । प्रेमको बन्धनमा कसिने समय छ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ तर आश्वासन दिनेले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग भएकोले कार्य-व्यवहारमा सजगता अपनाउनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउन गरिएको प्रयत्नले आशाको किरण देखाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा उचित हुने देखिन्छ, तर गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ । आयबल र सुख वृद्धि हुनेछ । यात्रा सार्थक रहनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामर्थ्य वा कर्मबल वृद्धि भएपनि यात्रामा समस्या आउने तथा बाध्यताका काममा जुट्नुपर्ने समय छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पति वा पत्नीका माध्यमबाट लाभ पुग्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । नियमित कार्य व्यापारमा सफलता प्राप्त होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामर्थ्य वृद्धि हुने दिन छ । तर, चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्ने देखिन्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहेपनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला । स्वास्थ्य अनुकुल रहनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप वृद्धि हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, तथापि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग रहेकोले सावधानी अपनाउनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् तर शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक एवम् कलात्मक काममा सफलता मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आतिथ्यपूर्ण सम्मान प्राप्त हुने दिन छ । प्रेमको बन्धन कसिएला । रसरागमा आकर्षण रहने तथा दामपत्यसुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्तिको योग छ । काममा नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रा सुखद रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिएला । गुरुजनको विशेष सहयोग जुट्नेछ । तथापि, काम बिग्रने भयले सताइरहने सम्भावना छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिले पनि चित्त बुझाउन सकिएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन खासै सुखद नरहला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने समय छ, ख्याल राख्नुहोला । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा खर्च हुने योग छ । प्रेमभाव वृद्धि हुनेछ तर आत्मियजनबाटै सोचेको साथ नमिल्ने योग छ । आफ्नै प्रयत्नबाट समस्याको समाधान मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्