असोज ०७ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८१, सोमबार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज ०७ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर २३ नेपाल सम्बत ११४४ ञंलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण षष्ठी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, सिद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:५२ बजे भयो भने सूर्यास्त साँझ ०५:५८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ, धैर्यले काम लिनुहोला । यात्रा-व्यवस्थापनमा खर्च बढ्न सक्छ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपरे पनि हौसला कायम रहनेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काममा थप प्रयत्न गर्दा सफलता मिल्ने देखिन्छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा फाइदै हुनेछ । तर यात्रागत कार्यमा सरिक हुनुपर्ने योग छ । यात्रामा धनमाल हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नाले उत्साहको अवस्था रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय भएपनि छरछिमेकमा केही असमझदारी बढ्ने देखिन्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ, सचेत रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने देखिन्छ । कर्मबल बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । रोकिएका काम पनि सम्पादन होलान् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पराक्रम वृद्धि भइ कामहरू बन्लान्, तर विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख मिल्न सक्छ, सचेत रही कार्य गर्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रयत्न गर्दा नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ने योग छ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । दौडधुप एवम् जोखिम बढ्नेछ, तथापि रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै अरुको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दाम्पत्य सुख बढ्नेछ भने प्रेम भाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । परिवामा सुखशान्ति रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): शुभदायी दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय केही चुनौतीयुक्त छ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्नेछ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, धैर्यता राख्नुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । पराक्रमात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च वृद्धि हुन सक्ने योग रहेकोले योजना र बजेट बनाइ खर्च गर्नुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । आश मारेको कामले उत्साह जगाउनेछ । काममा मातापिताको सहयोग प्राप्त हुने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ भने नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य पनि सबल रहनेछ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ, शत्रुवक्ष परास्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): चुनौती बढेपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभता वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ भने बौद्धिकतासम्बन्धित काममा सफलता प्राप्त होला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । सुखविलासको भाव वृद्धि हुने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्