आज मिति वि.सं.२०८१ असोज ०४ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर २० नेपाल सम्बत ११४४ ञंलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण तृतीया, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, धु्रव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:५१ बजे भयो भने सूर्यास्त साँझ ०६:०२ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा काम सम्पादन होला । स्वास्थ्य सबल रहनेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान-सम्मान बढ्ला । व्यापारमा भने कममात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । यात्रामा सफलता र मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन मिश्रित फलदायी रहला । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । धेरै श्रमपछि कममात्र प्रतिफल पाइएला । खर्च केही वृद्धि हुनेछ भने आजको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अरूको विश्वास जिते पनि आफन्तजनबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । विशेष प्रयत्न गर्दा मौकाको फाइदा भने लिन सकिनेछ । कामको दायित्वका साथै खर्च बढ्नेछ । उत्साहमा कमी आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): जोखिम वृद्धि भएपनि रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । व्यापार तथा उद्योगतर्फ फाइदा छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतको श्रमबाट धनलाभ हुने समय छ । प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइएला । प्रशंसकहरू बढ्नेछन् भने काममा सहयोगीहरूले साथ दिनेछन् । व्यावसायिक काममा राम्रै फाइदा हुनाले आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने योग छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहला । पारिवारिक सुख शांति वृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित कार्य गर्ने अवसर जुर्ला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव र सुख वृद्धि हुनेछ । कार्यगति बढ्नेछ । आफन्तजनबाट सुख मिल्ने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौतीयुक्त रहला । विगतका समस्या बल्झिन सक्छन् भने सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सचेत रहनुहोला । तथापि, पारिवारिक जमघटमा मन रमाउने योग छ । साहसिक काममा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा–उपासना गर्नाले सुखको अनुभूति होला । केही विवादमा परिने योग छ, सचेतरहनुहोस् । दाम्पत्यजीवन सुखद रहला । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यस्तता वृद्धि भएको महसूस हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने अवसर जुर्ला । आज आर्थिक अभावले भने अलिक सताउन सक्छ । विशेष कार्यमा मातापिताको सहयोग जुटाउने प्रयत्न गर्नु हितकर हुनेछ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । स्थायी सम्पत्ति जोडिने योग छ । पराक्रम बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । पराक्रम र उत्साह बढ्नेछ । आर्थिक उपार्जनमा सुधार आउला । केही परिश्रम परे पनि धन आर्जन भने राम्रैसँग हुने योग छ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन मनोरञ्जनपूर्ण रहनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ, आम्दानी पनि बढ्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने समय छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आजको दिन दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न अवसर जुर्ला । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्