भदौ ३० गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ ३० गते आईतबार ई.सं.२०२४ सेप्टेम्बर १५ नेपाल सम्बत ११४४ ञंलाथ्व द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल द्धादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, अतिगंड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४९ बजे भयो भने सूर्यास्त साँझ ०६:०८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): जागिरमा प्रशंसा तथा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । कृषि, पशुधनबाट राम्रै लाभ मिल्ने योग भएपनि खर्च बढ्ने सम्भावना छ, रकम जोगाउने चेष्टा गर्नुहोला । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ, सचेत रहनुहोला । रोकिएको काममा सफलता मिल्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने छ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने समय छ । कुनै पनि कार्यमा आज जोखिम नमोल्नु उचित हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने समय छ । खुसीको समाचार सुन्न पाइएला । नयाँ व्यवसाय विस्तार हुनसक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ भने दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्न सक्छ । प्रशंसकहरू बढ्नेछन् । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । तथापि, तपाईंका कमी–कमजोरीप्रति टीकाटिप्पणी हुन सक्छ, ध्यान राख्नुहोस् । आफन्तजनसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला । परोपकारजन्य कार्यहरू सम्पादन हुने योग छ । प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कार्ययोजना बन्ने र कामको सुरुवात समेत हुने समय छ । काम सामान्य भए पनि राम्रै आम्दानी होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मानसम्मान र आम्दानी बढ्नेछ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ । मिष्ठान्न भोजनप्राप्तिको योग छ । व्यस्तता वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिने समय छ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने योग छ । व्यापार–व्यवसाय सन्तोषजनक रहला । खर्च बढ्ने र कामकाजमा अवरोध हुनसक्छ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । पराक्रम बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुने समय भएपनि आजको दिन मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउन सक्छ । पढाइमालेखाइमा भने रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन होला । यात्राको अवसर जुट्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन शुभदायी छ । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् भने विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, सचेत रहनुहोला । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तल्याउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिएला । पठनपाठनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । नियमकानूनले साथ दिने समय छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन् तर टाढाका साथीभाइसँग भने मित्रता बढ्ने देखिन्छ । आजको श्रमबाट राम्रै प्रतिफल पाइएला । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन खर्च अलिक बढ्नाले आर्थिक समस्या देखापर्न सक्छ । काममा केही ढिलासुस्ती होला । चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले गोपनीयतामा ध्यान दिनु हितकर होला । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्