भदौ २३ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ २३ गते आईतबार ई.सं.२०२४ सेप्टेम्बर ०८ नेपाल सम्बत ११४४ ञंलाथ्व पञ्चमी कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल पञ्चमी, चन्द्रमा तुला राशिमा,स्वाती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४६ बजे भयो भने सूर्यास्त साँझ ०५:१६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । अनावश्यक रुपमा कसैसँग झैझगडा हुन सक्छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । लेनदेनको समस्याले सताउने योग छ । शत्रु पनि बढ्ने देखिन्छ । ब्यापारमा पनि घाटा बेहोर्नुपर्ला । आजको दिन यात्रामा विशेष सावधान रहनु उचित होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मित्रजनले प्रशंसा गर्नेछन् भने नसोचेको सम्मान मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पढाइलेखाइमा सुधार आउनेछ । प्रतिष्पर्धीहरू परास्त होलान् । तथापि, गलत लेनदेनले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने दिन छ । धनलाभ होला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढ्नेछ भने पराक्रम वृद्धिले अधुरा काम बन्नेछन् । मन हर्षित रहनेछ । आनन्द बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्धमा प्रगाढता आउने तथा दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा पनि सुधार आउनेछ । आयआर्जनको स्रोत फेला पर्ला । कृषिजन्य पेसा वा व्यवसायबाट भने आज सोचेजस्तो लाभ लिन नसकिने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही चुनौतीयुक्त छ । हातहतियारको प्रयोग गर्दा विशशेष सचेत रहनु हितकर होला । निको भएको रोगले पुनः सताउन सक्ने योग छ । खर्च र विवाद बढ्ने देखिन्छ, संयमताको दरकार छ । शत्रुपक्षसँग सतर्क रहनुहोला । काममा अवरोध आउनाले धननाश हुन सक्छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । धनलाभ हुने योग छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु उचित होला । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्नेछन् भने आफन्तजनको उचित सहयोग मिल्ने छ । आरोग्यता रहनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन शुभदायी छ । धन मान प्राप्त हुने समय छ । गरेको कामबाट फाइदा नै होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने समय छ । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । अरुको विश्वास जित्न सजिलै सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा लाभ नै हुनेछ । जीवनसाथी र मातृसल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आर्थिक संकट आउने तथा लेनदेनमा विवाद हुन सक्ने समय छ । घरायसी समस्या पनि पैदा हुन सक्छ । पढाइलेखाइमा ध्यान जानेछैन । खर्च बढ्न सक्छ, सचेत रही कारोबार गर्नुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने समय छ । अरुको काम धेरै गर्नु पर्ला । नयाँ र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । ब्यस्तता बढेपनि काम भने अधुरै रहनाले तनाव हुन सक्छ, धैर्य राख्नुहोला । समाजसेवा तथा राजनीतिमा चाहिँ मान सम्मान मिल्ने योग छ । अरुको मन जित्न सकिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक सम्मान तथा प्रतिष्ठा वृद्धि हुने समय छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोच्ने शक्ति बढ्नेछ भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनवृद्धिको योग छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ भने प्रेमको बन्धनमा बाँधिने दिन छ । रकम लेनदेनको काम पनि होला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्ने दिन छ । धन आर्जन हुने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा निःसन्देश राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिएला । व्यापारमा फाइदा छ । आफन्तजनको सहयोग नमिले पनि साथीभाइले राम्रै सहयोग गर्लान् । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्