भदौ १९ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८१, बुधबार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ १९ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर ०४ नेपाल सम्बत ११४४ ञंलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, साध्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४४ बजे भयो भने सूर्यास्त साँझ ०५:२० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभदायी समय छ । विभिन्न भौतिक साधन जुट्ने र आम्दानी बढ्ने देखिन्छ । रचनात्मक कार्य प्रारम्भ गर्न सकिने छ भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । गरिएका कामको मूल्यांकन पनि राम्रै हुने योग छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा लाभ नै हुनेछ । राम्रा कार्यका लागि व्यस्तता बढ्नेछ । आमोद प्रमोदको अवस्था रहला । समग्रमा दिन रमाइलो छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । आज कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउन सकिने छ भने जीवनशैलीमा परिवर्तन आउन सक्छ । आजको काममा खर्च लागे पनि दिगो फाइदा हुनेछ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ, सचेत रहनुहोला । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यवसायमा लगानी बढाउन सकिनेछ । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यका लागि आजको दिन खानपानमा विशेष सचेत रहनुपर्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा खिन्नता महसूस हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ भने धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सुखानन्द र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन शुभदायी रहला । तपाईंका विचार र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । मान–सम्मान बढ्नेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । रसरागको कार्यमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा भने समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि सम्भावना छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन कर्मबल बढ्नेछ र विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । धन आर्जन पनि हुने देखिन्छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइएला । स्वास्थ्य सामान्य तवरले कमजोर रहनाले चिताएको विशेष काम गर्न मुस्किल पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने समय छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोस् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, विवेकपूर्ण व्यवहारको दरकार छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पराक्रमी कर्ममा सफलता प्राप्त हुने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतको श्रमबाट धनलाभ हुने समय छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाइएला । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । रसरागको भाव बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शुभदायी समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व पनि बढ्ने देखिन्छ । नयाँ काममा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । दाम्पत्यसुख वृद्धि हुनेछ । नियमकानूनले साथ दिने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कृषि, पशुपालन जस्ता कर्ममा खासै लाभ नभए पनि आज व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तर, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नु हितकर होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आजको दिन पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रोकिएका काम सम्पादन हुने समय छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । पठनपाठनमा पनि प्रगति हुनेछ । तर, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । प्रेमभाव बढ्ने र मिठो भोजन प्राप्तिको योग भएपनि विशेष योजना स्थगित हुनाले खिन्नता बढ्ने योग छ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्