आज मिति वि.सं.२०८१ भदौ १५ गते शनिबार ई.सं.२०२४ अगस्त ३१ नेपाल सम्बत ११४४ गुंलागा त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:४२ बजे भयो भने सूर्यास्त साँझ ०५:२५ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन खास अनुकुल नरहन सक्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ भने आमाको स्वास्थ्यस्थिति कमजोर अनुभूति भइ चिन्ता बढ्न सक्छ । धनमाल हराउने, वा ठगीमा परिने योग छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन्, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्ने देखिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन मिश्रित फलदायी छ । ठूला ब्यक्तिहरूबाट मानसम्मान प्राप्त हुने, प्रतिभाको प्रशंसा हुने समय छ । तर, दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने योग छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आरोग्यता रहनेछ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आर्थिक समस्या समाधान हुने र शत्रुहरूलाई परास्त गर्न सकिने समय छ । ब्यापार–व्यवसायबाट पनि फाइदा नै हुने दिन रहेको छ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, सचेत रहनुहोला । तथापि, विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइने योग छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न अवसरले पछ्याउनेछन् । कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । आजको दिन सवारी साधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आर्थिक अभावले सताउन सक्छ । नबन्ने डरले सताउन सक्छ, अधीरपनलाई नियन्त्रण गर्ने प्रयत्न गर्नुहोला । आरोग्यता वृद्धि होला । सार्वजनिक काममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखानुभूति होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल बढ्नेछ । स्वास्थ्यगत कमजोरी महसूस भएपनि प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग रहेकोले विशेष संयमताको जरुरत पर्ला । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । रसरागमा भने आकर्षण बढ्नेछ । मिठो भोजन प्रप्त होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ । तर, खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्न सक्छन्, धैर्य राख्नु उचित हुनेछ । लापर्वाहीले अवसर गुम्न सक्ने सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तजनको साथ रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुप केही बढेपनि नयाँ काममा हात हाल्ने समय आएको छ । पराक्रम बढ्ने तथा प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछ । आजको दिन धनलाभ पनि हुन सक्छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ भने कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामाजिक प्रतिष्ठा पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । शत्रु परास्त हुनेछन् भने साथीभाइहरुबाट पनि फाइदा उठाउन सकिने योग छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च केही बढे पनि चिताएको काम बन्नेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ, तर विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँच बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, तर विवेक लगाएर त्यसको उचित व्यवस्थापन गर्न सक्नुहुनेछ । रसरागको भाव जागृत हुने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले आजको दिन सजग भइ व्यवहार गर्नुहोला । विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्ने समय छ । सवल स्वास्थ्यका लागि खानपानमा पनि विशेष सजक रहनु हितकर होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता बढ्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने समय छ । लुगा, भोजन र विशेष उपहार हातलागी हुने योग छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ भने कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम बढ्नेछ । यात्रागत कार्य सार्थक रहला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । सुख विलासको माहोल रहला । मिठो भोजन प्राप्त हुनेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्