भदौ १४ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ १४ गते शुक्रबार ई.सं.२०२४ अगस्त ३० नेपाल सम्बत ११४४ गुंलागा द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्धादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४१ बजे भयो बहने सूर्यास्त साँझ ०५:२७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । अल्छीपनले सताउला । स्वासथ्य खासै सवल नरहला । पेटसम्बनधी समस्याबाट जोगिन आज खानपानमा विशेष ध्यान राख्नु हितकर हुनेछ । महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्ने योग छ । तथापि, परिवारको सहयोग मिल्नेछ भने मान-महत्व पनि बढ्ला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी नै छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । स्वास्थ्य सवल रहला । धनलाभको योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): चिताएको काममा सफलता पाइने दिन छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ भने धनलाभ होला । परिवारबाट सुखको अनुभुति पनि मिल्नेछ । रसरागमा आकर्षण रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक सम्मान मिल्ने र धन आर्जन हुने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । आशा उत्साह बढ्नेछ । आरोग्यता रहनेछ । कार्यगति वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यस्तताका साथै रसरागमा आकर्षण बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही चुनौतीयुक्र रहला । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि निरर्थक क्षेत्रमा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहला । भौतिक सरसामानको पनि क्षति हुने योग छ । आर्थिक अभाव देखापर्न सक्छ । तथापि, कर्मबल बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्यबल बढ्नेछ । बन्देैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । आफन्तको सहयोग प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । आरोग्यता रहला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्ति र रसरागमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका बाटाहरु ख्ुाल्नेछन् भने ब्यापार–ब्यवसायमा राम्रै आम्दानी हुने समय छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । दौडधुप बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोलीको प्रभाव बलियो बन्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्न जाँगर आउनाले धनलाभ हुने समय छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । नयाँ कामको योजना बनाउँदा लाभ मिल्ने समय छ । ब्यापार-ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आरोग्यता र प्रेमभाव बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । मनोकूलको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन अनावश्यक रुपमा मनमा डर लाग्न सक्छ । कसैसँग हल्का मनमुटाव र विवाद पनि हुन सक्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । चोटपटकको भय पनि छ, सचेत रहनुहोला । दैनिक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामाजिक कार्य तथा राजनीतिमा बर्चस्व बढाउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने एवम् धन–मान पाउने योग छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तर जागिरमा भने खासै मन नजाला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता बढ्नेछ । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । रुपैयाँपैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । देखापरेको कुनैपनि समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आजको दिन आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने सम्भावना छ । पराक्रमका साथै रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्