आज मिति वि.सं.२०८१ भदौ १३ गते बिहीबार ई.सं.२०२४ अगस्त २९ नेपाल सम्बत ११४४ गुंलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४१ बजे भयो भने सूर्यास्त साँझ ०५:२७ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कृषि-चौपायाबाट हानि पुग्नसक्छ भने बन्दव्यापारमा पनि नाफा हुने देखिन्न । स्वास्थ्यमा सामान्य कमजोरी रहला । अनावश्यक कुरामा खर्च बढ्न सक्छ, सचेत रहनुहोला । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । तथापि, मिठो भोजन प्राप्त हुने र यात्रागत कार्यमा सफलता प्राप्त हुने योग छ । चुनौतीका बाबजुद आमोदप्रमोदमा रम्ने माहोल बन्ने सम्भावना छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज काममा सहयोगीहरूले राम्रो साथ दिनाले उत्साह वृद्धि होला । घरमा पाहुना आगमनको योग छ । धनवृद्धि होला । सन्तानपक्षबाट सुख मिल्ने समय छ । तर अध्ययन-अध्यापनमा भने खासै मन नजाला । टाढिएका सहयोगीहरूको समेत साथ मिल्नेछ । खर्च वृद्धि हुने योग छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक कार्य बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन शुभदायी छ । आर्थिक आर्जनकोे अवसर मिलनेछ भने ब्यापार-व्यवसाय पनि फष्टाउला । कसैबाट उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा लाभ मिल्नेछ । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । रसरागको भाव वृद्धि होला । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल तथा पराक्रम बढ्नेछ । आयआर्जन राम्रै होला । यात्रागत कार्य रमाइलोसँग सम्पन्न हुनेछ भने यात्रामा हुने भेटघाटले मनोबल बढाउने योग छ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने परिस्थिति निम्तन सक्ने योग छ । विवेक र धैर्यका साथ व्यवहार गर्नु हितकर हुनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । आरोग्यता रहनेछ । रोकिएको काम बन्ने समय छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अलिक चुनौतीयुक्त रहला । खर्च र विवाद बढ्ने, महत्वपूर्ण काममा अवरोध पैदा हुन सक्ने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्य पनि खासै सवल नरहन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुने सम्भावना छ । यात्राको अवसर मिल्न सक्छ, तर यात्रामा विशेष सतर्कताको दरकार छ । पारिवारिक सुखको अवस्था रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढ्नेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु हितकर होला । आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमै पूरा हुन कठिन पर्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने दिन छ । सामान्य खर्च बढ्न सक्छ, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ । कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साहसिक काममा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । आजको श्रमले पछि राम्रो फल मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । पशुधन र जमिनबाट सामान्य लाभ होला, साथै आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । परिवारिक सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज कार्यबोझले थाकेको महसुस होला । घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडाको योग छ । खर्चवृद्धि हुने सम्भावना छ । साथीभाइ, कुटुम्ब वा नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । वादविवाद, झैझगडामा पर्न सकिन्छ सावधान रहनुहोला । नसोचेको ठाउँमा धनको नाश हुने योग छ । तथपि, प्रेमभाव एवम् रसरागको भाव बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अभिभावक एवम् साथीभाइले आवश्यक सहयोग प्रदान गर्ने समय छ । मनमा दुबिधा रहन सक्छ, तर सामाजिक काममा नाम रहनेछ । मान बढ्ला । आजको दिन जागिरमा भने होसियार रहनु हितकर हुनेछ । स्वास्थ्यका दृष्टिले यो राम्रो समय छ । कसैसंग सामान्य मनमुटाव हुनसक्छ । व्यस्तता वृद्धि हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य रहला । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नजिकका मित्रबाट विशेष साथ-सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । काम बन्नाले मन रमाउने छ । बुद्धि-विवेकको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने कृषिको कामबाट पनि फाइदै होला । धन बढ्नेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धिले काममा सफलता मिल्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । समय शुभदायी रहला । सोच्दैनसोचेको स्थानबाट लाभ हुने तथा उद्योग-व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । यात्राको सम्भावना छ । आफन्तले प्रशंसा गर्नाले जाँगर बढ्ने देखिन्छ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्