भदौ ११ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ ११ गते मंगलबार ई.सं.२०२४ अगस्त २७ नेपाल सम्बत ११४४ गुंलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, हर्षण योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:४० बजे भयो भने सूर्यास्त साँझ ०५:२९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला तापनि समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । महत्वपूर्ण काममा रोकावट र कममात्र लाभ मिल्ने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । रोकिएको धन उठ्ने सम्भावना छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । सहयोगीहरूले राम्रो साथ दिनेछन् । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । दिन राम्रै छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ । व्यापारमा विशेष फाइदा हुने तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । रचनात्मक काम सुरु गर्न सकिनेछ । टाढाको यात्राको सम्भावना छ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित कार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । तथापि, साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने योग छ । सामर्थ्य वृद्धि तथा कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रियजनसँगको भेटघाटले आजको दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । तर, बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । दौडधुप बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विभिन्न अवसरले पछ्याउने र बोलीको प्रभाव पनि बढ्ने समय छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । स्वास्थ्य सवल रहला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, प्रयत्नका बाबजुद केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने सशक्त रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाने समय छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले सावधानीको जरुरत देखिन्छ । अध्ययन-अध्यापनमा पछि परिने सम्भावना छ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ भने परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । ठगीमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दीर्घकालीन रूपमा फाइदा पुग्ने काममा हात हाल्ने समय छ । तार्किक क्षमता पनि बढ्नेछ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने दुःख प्रदान गर्न सक्छ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । खर्च बढ्न सक्छ, सावधान रहनुहोला । रसराग तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): साथ-सहयोग दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान-सम्मान पनि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछ । दौडधुप वृद्धि होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्यमा सामान्य प्रतिकूलता देखिएपनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले भने अप्ठ्यारो पार्न सक्छ, सचेत रहनुहोला । लापर्वाहीले पहिलेका समस्या दोहोरिन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्