भदौ १० गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६ नेपाल सम्बत ११४४ गुंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण सप्तमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:४० बजे भयो भने सूर्यास्त साँझ ०५:३० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिवारमा सुखको माहोल बन्ने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्नेछ । धन आर्जनको बाटो खुल्ने र सोचेका काममा सफलता मिल्ने योग छ । दिन खुशीले बित्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । आयबल बढ्नेछ । परिवारको सहयोग रहला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कार्यगति बढ्नेछ । दिन रमाइलो रहला । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ भने पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित होला । यात्रागत कार्यबाट धन पनि आर्जन हुने देखिन्छ । मिहीनेतले काम बन्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीयुक्त रहला । अर्थहानी र शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । अस्वस्थ अनुभूतिका कारण काममा सफलता पाउन गारो पर्ला । कुनै नयाँ समाचारले खुशीभन्दा खिन्नता दिलाउन सक्छ । सोचेअनुरुप काम नहुने योग छ, धैर्य राख्नु हितकर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अनुकुलता र प्रतिकुलताको मिश्रणका साथ बित्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ, तर महत्वपूर्ण काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ला, जस पाउने सम्भावना भने कमै रहनेछ । परिश्रमअनुसार फल भने कम मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । शारीरिक अस्वस्थताको सम्भावना रहेपनि नियमित कार्यमा ब्यवधान हुने छैन । बन्दव्यापारबाट लाभ मिल्नेछ भने पढाइलेखाइको कार्यमा सफलता मिल्नेछ । नयाँ काममा ध्यान दिए परिणामदायी हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज काममा जाँगर चल्नााले मनमा खुशी मिल्नेछ । आफन्त एवम् परिवारजनले पनि साथ दिने छन् । बौद्धिक कार्यबाट लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने योग छ, तर हानी हुनेछैन । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सोचेजस्तो अनुकुल नरहला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काटनेहरु सक्रिय होलान् । हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । ठूला व्यक्तिबाट आलोचना हुने सम्भावना छ । कसैसंग बादविवादको योग रहेकोले सतर्क रहनु उचित हुनेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने बलियो रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ । काममा झमेलाको सामना गर्नुपर्ने समय छ । जागिरको कार्यमा केही अल्छीपन छाउला । तथापि, राजनीतिमा बर्चस्व बढाउन सकिने छ । आरोग्यता रहनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कल्याणकारी कार्यमा मन लगाउनु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने समय छ । रोकिएको महत्वपूर्ण काम पूरा हुन सक्छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ जिम्मेवारी हात पर्न सक्छ । साझेदारीको काम बन्नेछ । महत्वपूर्ण कार्यमा मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काममा साथ-सहयोग मिल्ने र आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेलापर्नेछ । भोजभतेरमा संलग्न भइएला । ठूला व्यक्तिको विश्वास सजिलै जित्न सकिने योग छ । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । धन मान समृद्धि बढ्नेछ । रसरागका कार्य तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन केही चुनौतीयुक्त छ । विवाद बढ्ने र धननाशको सम्भावना छ । सामाजिक मर्यादामा पनि संकटको अनुभूति होला । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । आफ्नै कमजोरीका कारण तनाव सिर्जना हनसक्छ । धैर्य राखेर व्यवहार गरे समस्याको समाधान मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय शुभदायी छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । नजिकका नातेदारको समर्थन मिल्ने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा पशुपालनमा पनि फाइदा होला । आय र आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्