भदौ ०७ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ ०७ गते शुक्रबार ई.सं.२०२४ अगस्त २३ नेपाल सम्बत ११४४ गुंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३८ बजे भयो भने सूर्यास्त साँझ ०५:३३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मिश्रित फलदायी रहला । सन्तान एवम् प्रशंसकहरूको माध्यमबाट लाभ उठाउन सकिनेछ । तर, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । कुरा काट्नेको कमी नहोला । आकस्मिक यात्राको सम्भावना पनि छ यात्रामा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन अलिक चुनौतीपूर्ण छ । आलस्य तथा थकानको अनुभव हुनेछ भने अप्रिय समाचारले मन खिन्न तुल्याउला । मानसिक तनावको सिर्जना हुन सक्छ, धैर्य राख्नु उचित हुनेछ । स्वास्थ्य पनि सामान्य तवरे कमजोर रहन सक्छ । खर्च बढ्नुका साथै विश्वास गरेको पात्रबाटै धोका हुन सक्छ । सन्तानसुख रहनेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): जोखिम बढ्ने र दौडधुप वृद्धि हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । अरुको मन सजिलै जित्न सकिने छ । पशुधनबाट विशेष लाभ लिन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ भने पराक्रम बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): तपाईंको कामको उच्च मूल्याङ्कन हुने समय छ । बोलीको कदर होला । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ । दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । प्रेमभाव र साहस वृद्धि हुनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन शुभदायी छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाबीच मिलन हुने समय छ । आजको दिन उद्योग र व्यापारमा विशेष फाइदा होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग छ । बिग्रिएका कामकुरा बन्नेछन् । सार्वजनिक कार्यक्रममा आकर्षण रहनेछ । पारिवारिक सुख बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुन सक्ने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोली रव्यवहारमा विशेष सजगता अपनाउनुहोला । व्यापारमा सामान्य हानी हुन सक्छ । कर्मचारी हुनुहुन्छ भने अपजश व्यहोर्नुपर्ला । आजको दिन यात्रा नगरेकै उचित हुनेछ । प्रतिभाको कदर हुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सावधानीको दरकार छ । पारिवारिक समस्याले मनमा खिन्नता रहला । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ । मातापिताको स्वास्थ्यमा विशेष ध्यान दिनु उचित हुनेछ । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । व्यस्तता वृद्धि हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ भने नसोचेका कामहरु बन्ने छन् । विपरीतलिङ्गीबाट सहयोग मिल्ने योग छ । धन आर्जन गर्ने मौका मिल्ला । कर्मप्राप्तिको योग छ । रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन व्यावसायिक यात्राको सम्भावना छ, तर समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । मित्रबन्धुको प्रगतिको समाचार सुन्न पाइएला । व्यवसायबाट राम्रै फाइदा उठाउने अवसर जुर्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् । अनुलता बढ्नेछ । मिठो भोजन प्राप्तिका साथै रसरागको भाव वृद्धि होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन त्यति सहज नरहला । सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुनेछ भने काममा बाधाअडचन आउने योग छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा भने सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य गडबडी देखिएला । अप्ठ्यारो पर्दा नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी पनि वृद्धि होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । व्यापारमा लाभ हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आयबल बढ्नेछ । सुखविलास पनि वृद्धि होला ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्