भदौ ०६ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ ०६ गते बिहीबार ई.सं.२०२४ अगस्त २२ नेपाल सम्बत ११४४ गुंलागा तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण तृतीया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:३८ बजे भयो भने सूर्यास्त साँझ ०५:३४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त रहनेछ । इर्ष्या गर्नेहरूले सताउन सक्छन् भने आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् । तपाईंको परिश्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आफ्नै प्रयासले कार्यगति वृद्धि होला । कठोर परिश्रमीका लागि समयले साथ दिनेछ । परिवार तथा आफन्तजनको सहयोग मिल्ने समय छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने दिन छ । आयआर्जन राम्रै होला, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउने छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी बनिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठित काम गरेर आकर्षणको पात्र बन्ने योग छ । आशा उत्साह बढ्नेछ । आरोग्यता रहनेछ । विशेष कामको प्रयासमा हुनुहुन्छ भने सफलता मिल्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय । ब्यवसायमा प्रशस्तै लाभ हुनुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । तर, अरूको मात्र भर पर्दा धोका हुन सक्नेछ, सचेत रहनुहोला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुपर्नेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । । अध्ययन तथा अध्यापन कार्यमा उत्साह जागृत हुनेछ । प्रेमभाव र आरोग्यता वृद्धि हुनेछ । कार्यबल बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आजको दिन अरूको सुझावमा भर नपर्नु हितकर होला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ, सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिस्पर्धामा केही कमजोर भइने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । काममा परिवारजनको सहयोग लिने प्रयत्न गर्नु उचित हुनेछ । दायित्व बढ्नेछ । मिठो भोजन प्राप्ति हुनेछ भने रसरागमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा रोकिएका घरेलु काममा सफलता मिल्ने समय छ । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कतै अतिथिका रूपमा सत्कार पाइने योग छ । मिठो भोजन मिल्नेछ । शत्रु तथा प्रतिष्पर्धीसँग लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ, सावधान रहनुहोला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा हुन सक्छ । मान र विद्या प्राप्त हुने योग छ । पराक्रम र आरोग्यता बढ्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । अन्ततः कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहनाले जाँगरमा कमी आउला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा खर्च हुने योग छ । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग-समर्थन प्राप्ति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काममा हात हाल्ने समय आएको छ । सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिएपनि कीर्तिमानी काम सम्पादन होला । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती पनि सामना गर्नपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । आरोग्य रहनेछ, आफन्तको साथ मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । समस्याको समाधान मिल्ने र प्रसंशा बढ्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मिश्रित फलदायी रहला । आफन्तबाट टाढिनुपर्ने समय छ भने सेवामूलक कामबाट धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने छ । मन अशान्त बनेको अनुभूति होला । रसरागको भाव वृद्धि हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्