भदौ ०५ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ ०५ गते बुधबार ई.सं.२०२४ अगस्त २१ नेपाल सम्बत ११४४ गुंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्धितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:३७ बजे भयो भने सूर्यास्त साँझ ०५:३५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका घरेलु कामकाज बिस्तारै बन्दैजाने समय छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने सम्भावना छ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । भौतिक साधनले धोका दिन सक्छ, सचेत रहनुहोला । चुनौतीका बाबजुद नयाँ कामको प्रस्ताव आउने र धनआर्जनको योग छ । समस्यामा सहयोग गर्नेहरू भेटिनेछन् । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् भने विगतको सफलताले थप काम गर्न हौसला दिलाउने छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । विवेकयुक्त अभिव्यक्तिले ठूलो अवसर दिलाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रचनात्मक काम सुरु गर्ने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा पनि प्रगति होला । पहिलेको सफलताले थप हौसला जगाउनेछ आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । तथापि, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । केही झमेला आइलाग्न सक्ने तथा दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्ने योग छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पनि मिल्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या पर्न सक्छ, सावधान रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । तपाईंको विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विभिन्न उपहार प्राप्त हुने योग छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको माहोल मिल्ला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउला । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । परिवारजनमा असमझदारी बढ्न सक्ने योग छ । सामर्थ्य वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन ठगीमा परिने सम्भावना रहेकोले आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ र कामले धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिहेनत र प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्ने समय छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आयबल बढ्नेछ । खेलकूद एवम् भ्रमण कार्यमा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । मनोरञ्जनपूर्ण समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको योग छ तर आज अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्