भदौ ०४ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ भदौ ०४ गते मंगलबार ई.सं.२०२४ अगस्त २० नेपाल सम्बत ११४४ गुंलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३७ बजे भयो भने सूर्यास्त साँझ ०५:३६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ला । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग छ । साथीभाइबाट सहयोग र हौसला मिल्नेछ । धर्मकर्मा आकर्षण बढ्नेछ । परिवारको सहयोग मिल्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिस्पर्धी तथा शत्रुपक्षलाई सजिलै हराउन सकिने समय छ । आजको दिन आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनु उचित हुनेछ । उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ । मूलतः मनोरन्जनमा समय ब्यतीत होला । जोखिम रहेपनि मिहीनेतले काम बन्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ, तर पनि धनलाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउला । ब्यवसायमा राम्रो छ तर पढाइलेखाइमा समय दिन नसकिएला । इष्टमित्र एवम् सन्तान पक्षबाट भने सुख मिल्ने देखिन्छ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय खासै अनुकुल नरहला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादनमा असर पर्न सक्छ । महत्वपूर्ण अवसर त्यसै गुम्नसक्ने योग छ । आजको दिन छरछिमेकमा विवाद हुनुबाट जोगिने प्रयास गर्नु हितकर हुनेछ । रुपैयापैसा हराउन सक्छ, सावधान रहनु होला । श्रमको उचित मूल्यांकन नहुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार-ब्यवसायमा राम्रै लाभ हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले भित्र कता-कता सताउन सक्छ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले विशेष सचेत भइ व्यवहार गर्नुहोला । आजको भ्रमण ब्यर्थ सवित होला । सानातिना काममा समय बित्न सक्छ । तथापि, साहसमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेमभाव बढ्नेछ । दाम्पत्यसुखमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । विभिन्न सहयोग र उपहार हात पर्न सक्छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पर्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन चुनौतीयुक्त छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । मुख्य काममा बाधा हुने सम्भावना रहेकोले सावधानीपूर्वक कदम चाल्नु हितकर होला । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । स्वास्थ्य पनि केही कमजोर रहला । चुनौतीका बाबजुद कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): शुभता र सुख बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज तपाईंलाइ सहयोगीहरूले राम्रै साथ दिनेछन् । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पठनपाठनमा भने प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । मित्रजन सहयोगी बनेर देखापर्लान् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग भएकोले सचेत रहनुहोला । लाभ हुने काम प्रारम्भ हुन सक्छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आरोग्यता रहनेछ । प्रेममा सफलता मिल्ने समय छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । पेटको खराबीले सताउन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग छ । तथापि, बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । सामर्थ्य भने वृद्धि हुने देखिन्छ । रसरागमा आकर्षण रहनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्