आज मिति वि.सं.२०८१ भदौ ०२ गते आईतबार ई.सं.२०२४ अगस्त १८ नेपाल सम्बत ११४४ गुंलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल चतुर्दशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, आयुष्मान योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:३६ बजे भयो भने सूर्यास्त साँझ ०६:३८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामका विविध झमेला एवम् मुद्दामामिलाबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धनलाभको पनि योग छ । तथापि, गलत व्यक्तिको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ, सचेत रहनुहोला । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सवल रहने छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बनी नयाँ काम सुरु हुने दिन छ । व्यापार–व्यवसायमा फाइदा नै हुने देखिन्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् भने प्रेम र मित्रताको बन्धन कसिने समय छ । तर, समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सचेत रहनु हितकर होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आफन्तजनको साथ–सहयोग रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै राम्रो होला । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनु हितकर होला । मिठो भोजन पा्रप्तिको योग छ । यश, वर्चश्व वृद्धि हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने समय छ । मंगलमय काम सम्पादन हुनसक्छ । मानसम्मान प्राप्त हुने योग छ । काममा आफन्तको सहयोग जुट्ला । आम्दानी बढ्नाले उत्साह थपिनेछ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु उचित हुनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले विशेष सचेतनाको खाँचो छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन सुखद समाचारले काममा उत्साह जगाउनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रै फाइदा मिल्ने योग छ । प्रतिभाको उचित कदर हुने समय छ । कर्मबल बढ्नेछ, रसरागमा आकर्षण रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम, आनन्द र आरोग्यता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ भने यात्रागत कार्यबाट धनलाभ हुन सक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । कृषिकर्मबाट प्रशस्त फाइदा मिल्ने देखिन्छ । वर्चश्व बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अलिक चुनौतीयुक्त छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । तथापि, समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधाको सम्भावना छ, सजगता अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । भाग्यबल वृद्धि हुनेछ । चुनौतीका बाबजुद समयले साथ दिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने समय छ । भौतिक साधनहरू जुट्नेछन् । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ र आर्थिक समस्या पनि समाधान हुने योग छ । अनुकूलता बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज विभिन्न अवसरले पछ्याउनेछन् भने मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि मुक्ति मिल्नेछ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तथापि, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आयबल बढ्नेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढेपनि काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । खर्च बढ्ने योग छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने देखिन्छ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रजनको साथ रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आर्थिक समस्या समाधान हुने समय भएपनि पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याको योग भएकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन चोटपटकबाट बच्न सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । भय र भ्रम हट्नेछ । रसरागमा आकर्षण रहला ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्