आज मिती वि. सं. २०८१ साल साउन २६ गते शनिबार तदनुसार अगस्ट महीनाको १० तारीख सन् २०२४, श्रावण शुक्ल पक्षको सप्तमी तिथि एवं रविसप्तमी ब्रत तथा तुलसीदास जयन्ती, आज बिहान ५ बजेर ३२ मिनेट जाँदा झुल्कीएको घाम साँझ ६ बजेर ४५ मिनेटमा अस्ताउने छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त छ, बेकारको विवादमा फँस्न सकिने सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । ब्यापारमा फाइदै होला तर पेशागत रुपमा समस्या देखिन सक्छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले आजको दिन विशेष होस राखेर व्यवहार गर्नुहोला । प्रेमभाव बढ्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ भने व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ ।नाता कुटुम्बका काममा सघाउनुपर्ने योग छ । मनमा दुबिधा रहन पनि सक्छ । सामाजिक काममा नाम रहने छ । मिष्ठान्न भोजन मिल्ला । व्यस्तता बढ्नेछ । परिवारिक सुख रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने दिन छ । कतैबाट खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । आज यात्राको पनि योग रहेको छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग मिल्ने र अल्झेका कामहरू अरुको सहयोगमा बन्ने योग छ । अप्रत्याशित लाभ हुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन खास उत्साहजनक नरहला । पीडा दिनेहरू सक्रिय रहलान् । सवल स्वास्थ्यका लागि खानामा विशेष ध्यान दिनुहुोला । धननाश हुन सक्छ । व्यर्थको खर्च हुन सक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । खानपानमा पनि सावधान रहनु स्वास्थ्यका लागि हितकर होला । व्यस्तता बढ्नेछ । यशवर्चश्व वृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुने समय छ । नयाँ कामको थालनी होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ भने मुद्दा-मामिला वा प्रतिष्पर्धामा विजयी भइनेछ । धनलाभको योग छ, पढाइमा प्रगति होला । लगानी वृद्धि हुनेछ । आरोग्यता रहनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ । दिन खुशीसाथ बित्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । व्यवहारिक कार्यमा मन लाग्नेछ । आफन्तमिलनले सुख देला । आयआर्जनमा राम्रो दिन छ । धन आर्जनको योग छ । पाहुनाको आगमनले मन हर्षित रहला । नयाँ कामको लागि परिवारजनको राम्रो सल्लाह आउला । रसरागमा आकर्षण रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्ला । कामहरू सजिलैसँग बन्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्न सक्छ । मन शान्त रहला । मिठो भोजन प्राप्त हुनेछ । समयले साथ दिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोकादिनेहरू फेला पर्लान् । ब्यर्थको कार्यमा अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि खासै सवल नरहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आजको दिन टाढाको यात्रा नगर्नु हितकर हुनेछ । जोखिम वृद्धि हुने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । तथापि, नसोचेको धनलाभ हुनसक्ने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । रुपैयापैसाको लेनदेन कार्य आज कसैसँग नगरेकै उत्तम हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ, संयम राख्नुहोला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहला । काम बन्नाले सुखको अनुभव हुनेछ । पठनपाठनमा मन जानेछ । सोचेअनुरुप आयआर्जन हुनेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन राम्रो छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । व्यापारमा पाउने सफलता यथावत रहने छ । विशेष साथीभाइसँग भेटघाट हुन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्