आज मिति वि.सं.२०८१ साउन २२ गते मंगलबार ई.सं.२०२४ अगस्त ०६ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल द्धितीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२९ बजे भयो भने सूर्यास्त साँझ ०६:४९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन तपाईंको लागि त्यति उत्साहजनक नरहला । अल्छीपनले सताउनुका साथै स्वास्थ्य पनि कमजोर भएको अनुभूति हुनेछ । सवल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । मिठो भोजन प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिश्रमअनुसार राम्रै उपलब्धि पाइने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । आज तपाईंको बुद्घि–विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ भने आज कसैबाट समर्थन एवम् धन पाइने सम्भावना छ । आय बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मित्रजनको साथ प्राप्त होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन शुभदायी छ । कर्मबल बढ्नेछ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभको पनि योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपाईंलाई अनौठो तरिकाबाट आर्थिकलाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति पनि मिल्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक सम्मान भने पाउने समय छ, तर स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउला । यात्राको योग रहेको दिन छ । रमणीय र सुखद यात्रा होला । मनोरञ्जनका क्रममा दिन बित्नेछ । भाग्यबल बढ्नेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको र बेकारको काममा खर्च हुन सक्छ । सामान्य रोगले सताउला, सावधान रहनु हितकर हुनेछ । आर्थिक अभाव देखापर्न सक्छ । प्रेमभाव भने बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मिश्रित फलदायी रहला । बिहानीपख सुखको अनुभव होला तर पछिल्लो प्रहर काम गर्नमा मन नलाग्नसक्ने योग छ । तथापि, आश मारेको काम पनि अथक प्रयासमा बन्ने सम्भावना छ । आफन्तको सहयोग प्राप्त होला । विशेष आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु ख्ुाल्ने योग हुनुका साथै ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक एवम् रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारमा आर्थिक समस्याले सताउन सक्ने दिन भएपनि कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा राम्रै हुनसक्छ । काममा जाँगर चल्नुका साथै धनलाभ पनि होला । सन्तानपक्षबाट सुखको अनुभुति हुनेछ । आरोग्यता वृद्धि हुनेछ । पराक्रम बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज अनावश्यक डरले सताउन सक्छ । जोसुकैप्रति विश्वास गर्नु घातक हुन सक्छ, सतर्क रहनु हितकर होला । कसैसँग हल्का मनमुटाव हुन सक्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या पर्न सक्छ । रसरागको भाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । कसैबाट आदर पाउने योग छ । तथापि, जागिरमा खासै मन नजाला । व्यस्तता बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । आज सोचेका काम पूरा भइ सुखको अनुभव होला । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्यजीवन सुखद रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मान-महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने योग छ । आजको दिन स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने सम्भावना छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्