साउन १६ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ साउन १६ गते बुधबार ई.सं.२०२४ जुलाई ३१ नेपाल सम्बत ११४४ दिल्लागा एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, धु्रव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२६ बजे भयो भने सूर्यास्त साँझ ०६:५३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सामान्यमात्रामा खर्च बढ्ने योग भएपनि अनुकूलता वृद्धि हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिभाले फाइदा दिलाउने समय छ । नयाँ कामको प्रस्ताव आउने सम्भावना छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनुका साथै बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । हिम्मतले काम लिनु हितकर होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल र शुभता बढ्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् भने आयआर्जन पनि राम्रै हुने सम्भावना छ । परिवारजनसँग आत्मियता बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिकीमा परिवर्तन आउन सक्ने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै हिम्मतले काम बनाउन सकिएला । केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । भाग्यबल बढ्नेछ भने सार्वजनिक काममा आकर्षण रहला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनावश्यक दौडधुपमा समय बित्ने दिन छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सचेत रहनुहोस् । अनुकूल स्थानान्तरण तथा टाढाको यात्रा सम्भावना छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने योग पनि छ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शुभता बढ्नेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । आजको दिन प्रेम र मित्रताको गाँठो कसिनेछ । तार्किक क्षमताले सम्मान दिलाउला । लाभ हुने काम प्रारम्भ गर्न सकिने छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यवसायमूलक काममा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । धन मान महत्व बढ्नेछन् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । यात्रा हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रेमभावका साथै धन, मान-महत्व बढ्ने समय छ । सार्थ्य र सुख वृद्धि होला । पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद मिल्ला । तथापि, फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्ने योग छ । प्रतिस्पर्धीहरूबाट सजग रहनु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने समय छ । प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष भने हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि गुम्नलागेको अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय शुभदायी छ । पराक्रम बढ्ला । विभिन्न भौतिक साधन जुट्ने तथा उत्साहजनक समाचारले मन प्रशन्न हुने दिन छ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा भएकालाई राम्रै आर्जन हुनेछ । तर, सहयोगीजनले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएला । आर्जित धन खर्च हुन सक्छ । आफ्नै प्रयासले लाभ मिल्ने सम्भावना पनि छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय केही चुनौतीयुक्त छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ भने दाम्पत्य सम्बन्धमा पनि शंका र असमझदारी बढ्ने योग छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनु पत्युत्पादक होला । वार्तामा सफलता र आफन्तको साथ मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्