साउन १५ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ साउन १५ गते मंगलबार ई.सं.२०२४ जुलाई २९ नेपाल सम्बत ११४४ दिल्लागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण दशमी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२६ बजे भयो भने सूर्यास्त साँझ ०६:५४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी नै छ । सहृदयी साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । धनार्जन हुने योग पनि छ । रोकिएका काममा पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । परिवारजनसँगको सम्पर्कले आनन्द मिल्नेछ भने नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल बढ्नेछ । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम फेलापर्ने योग छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । आज रमणिय यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका मित्रजन भेटिन सक्छन् । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । तथापि, सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकोले सावधानी अपनाउनुहोला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छ, होसियार रहनुहोला । अरूको विश्वास गर्दा धोका पाइने योग छ । व्यापारमा खास उपलब्धि हासिल गर्न नसकिएला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उचित होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बोली र व्यवहारको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । रोकिएको प्रतिफल प्राप्त हुने योग छ । दाम्पत्यसुख बढ्नेछ । समयले साथ दिनेछ । रसरागमा आकर्षण रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मेहनतले धेरै काम बनाउन सकिनेछ । बोलीको प्रभाव रहला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुचारु हुनेछन् । आरोग्यबल वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, होसियार रहनुहोला । गोपनीयतामा ध्यान दिनु उचित हुनेछ । आज आफ्ना नातेदारहरुसंग झैझगडा पर्न सक्ने योग छ । आर्थिक समस्या पनि पर्न सक्छ । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण र व्यस्तता बढ्ने समय छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ, तर इर्ष्या गर्नेहरूबाट आज विशेष सावधान रहनुहोला । योजनाहरू गोप्य राखी अघि बढ्दा प्रतिष्ठा जोगिनेछ । तपाईंका विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । गर्दै आएको काममा केही समस्या पर्न सक्ने योग छ । सचेत र धैर्यशाली भइ अघि बढ्नु हितकर हुनेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । तथापि, आफन्तजनको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सचेत हरनुहोस् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काम प्रारम्भ हुने समय छ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् । धनार्जनको योग पनि छ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् । धनबल बढ्नेछ । आफन्को सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । आजको दिन स्वास्थ्यमा चाहिँ विशेष ध्यान दिनु उचित हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर, तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्