आज मिति वि. सं.२०८१ साउन १० गते बिहीबार ई.सं.२०२४ जुलाई २५ नेपाल सम्बत ११४४ दिल्लागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शोभान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२३ बजे भयो भने सूर्यास्त साँझ ०६:५७ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): श्रमको उचित मूल्य नमिल्ने या सोचेभन्दा कमै फाइदा मिल्ने दिन छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तर मिठो भोजन प्राप्त हुनेछ भने यात्रामा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । उत्तरार्धदेखि शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुप बढेपनि आजको दिन मंगलमय कृत्य सम्पादन हुन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । तर अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहने योग छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । उत्तरार्धदेखि शुभता बढ्नेछ । समस्याकको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम फेरि प्रयत्न गरे सफलता मिल्नेछ । धन मान महत्व बढ्नेछन् । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन त्यति उत्साहवर्द्धक नरहला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ भने आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । मान र विद्या प्राप्त हुनयोग छ । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा केही सफलता प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहला, जसका कारण जोश–जाँगरमा कमी आउनेछ । पठनपाठनमा पनि पछि परिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्य सामान्य कमजोर रहला । काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा धन खर्च हुन सक्छ । रसरागको भाव भने बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । तथापि, केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उपयुक्त समय छ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने समय छ । यात्राको अवसर जुट्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्