साउन ०५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ साउन ०५ गते शनिबार ई.सं. २०२४ जुलाई २० नेपाल सम्बत ११४४ दिल्लाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल चर्तुदशी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:२० बजे भयो भने सूर्यास्त साँझ ०६:५९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन तपाईंको लागि अनुकुल हुने देखिन्छ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दीगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । दामपत्यसुख बढ्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चको मात्रा बढ्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहे पनि तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । आफन्तको सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): स्वादिष्ट भोजनमा मन रमाउनेछ भने आजको दिन तपाईंमा आत्मविश्वास पनि जाग्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । तर महत्वपूर्ण काम समयमै पूरा नहुनाले अफसोच होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको स्वास्थ्यप्रति चिन्ता जाग्न सक्छ । प्रेमभाव वृद्धि होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ । जीवनसाथीको सहयोगले लाभ र आनन्द मिल्नेछ । मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । आरोग्यता रहला । आफ्नै बलविवेकले काम बन्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमको बन्धन कसिएला । स्वास्थ्य सामान्य गडबड रहन सक्छ, खानपानमा ध्यान दिनुहोला । उत्साहवर्द्धक समाचार सुन्न पाइने योग छ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिएला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन पारिवारिक जमघटमा मन रमाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्ला, सचेत रहनुहोस् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मित्रजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लगनशीलताले राम्रै उपलब्धि दिलाउला । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रसन्न रहला । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । आयबल बढ्नेछ । सकारात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । कामको सन्दर्भमा यात्राको सम्भावना छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामको धेरैले प्रशंसा गर्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, सचेत रहनुहोस् । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्