साउन ०४ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ श्रावण २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ साउन ०४ गते शुक्रबार ई.सं.२०२४ जुलाई १९ नेपाल सम्बत ११४४ दिल्लाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२० बजे भयो भने सूर्यास्त साँझ ०६:५९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । रोकिएको काम शुभचिन्तक तथा ठूलाबडाको आशीर्वादले बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले राम्रै साथ दिनेछन् । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा इर्ष्यालुजन पछि पर्नेछन् । चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । आरोग्यता एवम् दाम्पत्य सुख बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम सम्पादन हुने समय छ । कसैसंग सामान्य विवाद पर्न सक्छ तर समस्याको समाधान मिल्नेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा समय, श्रम र धन लगाउँदा राम्रो हुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति होला । परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तजन सहयोगी सावित हुनेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यवसायिक कार्यको लागि यात्रा गर्नुछ भने आजको दिन शुभदायी छ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । पुरानो सम्झौताले भने अप्ठ्यारो पार्न सक्छ । संयमता राखेर व्यवहार गर्नुहोला । प्रेमभाव वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । सार्वजनिक काममा आकर्षण रहला । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग राम्रो सम्बन्ध बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दाचाहिँ अत्यन्त सजगता अपनाउनुहोला । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नोकरी अथवा व्यवसायसँग सम्बद्ध कार्यमा ठोस परिणाम देखापर्नेछन् । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने योग छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पारिवारिक सुख बढ्नुको साथै महत्वपूर्ण कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन स्वास्थ्यमा सामान्य समस्या देखापरे पनि आर्थिक पक्ष सबल छ । नयाँ जिम्मेवारी आइपर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्ने योग छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको योग छ ।तथापि, सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । यशवर्चश्व बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ तर मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । लगानी बढ्नेछ । मठो भोजन प्राप्त हुने समय छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयबल बढ्नेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । कामधन्दा र व्यवसायको चापले गर्दा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । तर, बोलीको विपरीत अर्थ लाग्न सक्ने समय छ, संयमित भइ व्यवहार गर्नुहोला । कल्पना र भावनामा केन्दित भइने छ । परिणाममुखी काममा लगानीको अवसर जुर्न सक्छ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम र उत्साह बढ्ने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि उत्साहमा कमी आउनेछैन । स्वास्थ्य सबल रहनेछ र, काममा पनि फाइदाको योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्