साउन ०३ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०८१, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं. २०८१ साउन ०३ गते बिहीबार ई.सं.२०२४ जुलाई १८ नेपाल सम्बत ११४४ दिल्लाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१९ बजे भयो भने सूर्यास्त साँझ ०७:०० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूको भर पर्दा धोका हुन सक्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । तथापि, पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । विशेष मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम सुरु हुनसक्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । तर, जिम्मेवारीले नयाँ ज्ञान प्राप्त गराउन सक्छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र प्रयास गर्दा उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्यता रहनेछ । आफन्त तथा इष्टमित्रको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विशेष काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको सहयोग लिँदा राम्रो हुने समय छ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउला । मानसम्मान पनि पाइनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु बेस हुनेछ । प्रेमभाव र बौद्धिकता बढ्नेछ । आर्थिक काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम र आरोग्यता बढ्ने समय छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ला । रोकिएका काम फेरि गर्ने प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । अरुको भर नपरी आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मान र विद्या प्राप्त हुने समय छ । राम्रै धनलाभ होला तर आर्जित धन तत्काल खर्च गर्नुपर्ने योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा–जमिनसम्बन्धी व्यवसायमा विशेष लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने सम्भावना पनि छ । कर्मबल तथा पराक्रम बढ्नेछ । समयले साथ दिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ, हिम्मतले काम लिनुहोला । नचिताएको ठाउमा धननाश हुने योग रहेकोले विशेष सचेतनाको आवश्यकता पर्ला । काममा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ, तर स्वास्थ्य सामान्य कमजोर रहनाले अवरोध पुग्न सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक नै रहनेछ । रसरागको भाव वृद्धि होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । आकर्षक बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ध्यान राख्नुहोला । शुभ समाचार आउनेछ । मान महत्व बढ्नेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । अध्ययन कार्यमा कुनै जटिलता छन् भने सुल्झिएर जाने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा राम्रै लाभ हुने योग छ । सकारात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । आरिस र इर्ष्या गर्नेहरूले भने दुःख दिने चेष्टा गर्न सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउने दिन छ । रोकिएको काम बन्नेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै होला । तर, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ । आजको दिन स्वास्थ्यप्रति अलिक सावधानी अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण रहला । दिनको उत्तरार्ध समय विशेष अनुकूल रहने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दीगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ भने सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । आजको दिन मिष्ठान्न भोजन प्राप्त होला । प्रेमभाव बढ्नेछ । भय भ्रम हट्नेछ ।

तपाईको दिन शुभ रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्