आज मिति वि.सं.२०८१ असार २५ गते मंगलबार ई.सं.२०२४ जुलाई ०९ नेपाल सम्बत ११४४ दिल्लाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल तृतीया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:१५ बजे भयो भने सूर्यास्त साँझ ०७:०२ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने समय छ । साथ-सहयोग दिनेहरू बढ्नेछन् । मान- प्रतिष्ठा पाइनेछ । नसोचेको फाइदा हुन सक्ने योग छ । फलदायी दौडधुपमा समय बित्ला । आजका योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय फुर्सदलो रहनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला तर हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । धन मान महत्वका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । परिवारिक सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तथापि, समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायिकक र्ममा कममात्र फाइदा होला । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आरोग्यता रहनेछ । मान महत्व बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले साथ दिनेछन् । मेहनतल धेरैको मन लोभ्याउन सकिएला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । लगानी बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । समय उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ भने स्वास्थ्य सबल रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । समयले साथ दिनेछ । कर्मबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्यजीवन रमाइलो रहनेछ । साझेदारीमा भने समस्या आउन सक्छ । तथापि, कर्मबल बढ्नेछ । शुभ कार्यमा अनुकूलता बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नजिकका सहयोगी तथा साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । भाग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । सुख बढेर आउनेछ रसरागमा रुचि बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ, तर केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट विशेष फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । रोकिएको काम बन्नेछ भने रसरागको भाव बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रेम र मित्रताको बन्धन कसिएर जाने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने तथा गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सावधान रहनु हितकर हुनेछ । अध्ययनमा पछि परिने सम्भावना छ । शुभचिन्तकहरूले साथ दिनेछन् । सुख र आरोग्यता वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ । पुरानो समस्याका कारण झमेला आइलाग्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्