आज मिति वि. सं. २०८१ असार २३ गते आईतबार ई.सं.२०२४ जुलाई ०७ नेपाल सम्बत ११४४ दिल्लाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल द्धितीया, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, हर्षण योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१४ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मुख्य काममा बाधा हुने देखिन्छ । अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । श्रम गरिकन मूल्य प्राप्त नहोला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा उभ्याइदिन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सावधान रहनुहोला । आमाको माध्यमबाट काम बन्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिने समय छ । आम्दानी बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन उत्साहपूर्ण रहला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायमा फाइदै हुनेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । बोलीको गलत अर्थ लाग्न सक्ने र यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । सार्वजनिक काममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल बढ्नेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ÷आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अध्ययन–अध्यापनमा सुस्तता छाउने र अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अलिक बाध्यताका काममा जुट्नुपर्ने तथा केही विवादमा समेत परिने योग छ, सजग रहनु हितकर होला । मेहनतीहरूका लागि उत्साहजनक समय रहला । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ र, समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुप वृद्धि हुनेछ । धन आर्जन गर्ने समय छ । पराक्रम र उत्साह बढ्ला । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । परिस्थिति अलिक प्रतिकूल रहला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता पनि मिल्ने दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा नै हुनेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अल्मलिनुपर्ला । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइएला । तथापि, शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । बौद्धिक कार्यबाट राम्रै लाभ हुनेछ । तपाईंको प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु हितकर होला । आज हातमा आएको अवसर गुम्ने योग पनि रहेको छ । तथापि, पराक्रम बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्