असार २२ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं. २०८१ असार २२ गते शनिबार ई.सं.२०२४ जुलाई ०६ नेपाल सम्बत ११४४ दिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, व्याघात योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५:१३ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु आज विशेष हितकर होला । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । अरूले फसाउने र धनमाल हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । तर, समयमा होसियार बन्न नसक्दा काममा बाधा र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । पुराना समस्या दोहोरिन सक्छन् । धैर्यताका साथ काम गर्नु उचित हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । काममा आफन्तजनको सहयोग प्राप्त हुनेछ, परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लाभदायी दिन छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । शुभ समाचार प्राप्त हुनेछ । ब्यापार–ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय भएकोले मौकाको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अरूको भरपर्दा काम बिग्रन सक्ने योग छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । कामको चापबाट फुर्सद पाइनेछ, तर आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्यका लागि मसलाजन्य खानबाट आज विशेष सावधान रहनुहोला । भौतिक साधनको क्षतिले धन हानी हुने या खर्च बढ्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । धर्मकर्ममा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढ्नेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सानातिना काममा अल्झिनुपर्ने देखिन्छ । दिनको उत्तरार्धमा अनुकूलता बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन खास नसकिएला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । आज उत्तरार्धको समय विशेष ध्यान दिनु हितकर हुनेछ । रसरागको भाव वृद्धि होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यावसायिक काममा खर्च बढे पनि लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ, सचेत रहनुहोला । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । साहस बढेर आउनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्वास्थ्यगत समस्याले सताउने देखिन्छ तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्न कठिन होला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । यात्रागत कार्यमा सफलता हातपर्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । तथापि, शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । अनुकूलता र आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ला । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनेछ, विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । आजको दिन शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । पराक्रम बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा कतै सम्मान समेत पाइएला । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्