आज मिति वि. सं. २०८१ असार २१ गते शुक्रबार ई.सं.२०२४ जुलाई ०५ नेपाल सम्बत ११४४ तछलागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण औंसी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वृद्धि योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५:१३ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । आजको दिन आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ भने रोजगारीको नयाँ अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने योग भएकोले सजग रहनुहोला । मिजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । व्यापारमा फाइदा हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार पाइने समय छ । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अनावश्यक भ्रमण हुन सक्ने र स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । आयबल र पराक्रम बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ तर ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने तथा आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । तथापि, प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने समय छ । सार्वजनिक काममा आकर्षण बढ्ला । रसरागको भाव वृद्धि होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । तथापि, पहिलेको सफलताले थप हौसला जगाउनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति बढ्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप वृद्धि हुनेछ । गरिएका कामको आज राम्रै मूल्यांकन हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयास गर्दागर्दै समयमा चिताएको काम सम्पादन नहुन सक्ने योग रहेकोले काममा धैर्य र लगनशीलता बढाउनु हितकर हुनेछ । स्वास्थ्यगत हिसाबले केही कमजोरीको अनुभूति होला । आफन्तसुख मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय राम्रै छ । बोलीको प्रभाव बढ्नेछ, विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद मिलेको अनुभूति हुनेछ । साथ दिने मित्रजन भेटिनेछन् । दामपत्यसुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामर्थ्य बढ्नेछ र पनि आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । यसका बाबजुद दिगो योजना प्रारम्भ हुने समय छ । साझेदारीमा फाइदा होला । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने योग छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मान महत्व बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन कठिन पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धन आर्जनको समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सचेत रहनुहोला । व्यस्तता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धि हुने समय छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याको अनुभूति होला । सानातिना काममा अल्झिएर मुख्य काममा अवरोध पुग्न सक्ने योग छ, सचेत रही कर्म गर्नुहोला । पराक्रम वृद्धि हुनेछ । शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दैनिकीमा परिवर्तन आउने सम्भावना छ । अस्वस्थताले काममा ढिलासुस्ती होला । अस्वस्थताका बाबजुद कामको दायित्व भने बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुन सक्छ, तर अप्रिय समाचारले मन दुःखी तुल्याउला । तथापि, कुनैपनि समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्