असार २० गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८१, बिहीबार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं. २०८१ असार २० गते बिहीबार ई.सं.२०२४ जुलाई ०४ नेपाल सम्बत ११४४ तछलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:१२ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मिश्रित फलदायी रहला । प्रेमको बन्धनमा कसिनेछ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ । सवारीसाधन उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्रागत कार्य सफल र फलदायी रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ तथा महत्वपूर्ण कुनै काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आरोग्यता रहनेछ । आफन्तजनको सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन बाध्यताका काममा जुट्नुपर्ला । विपरीतलिंगीको माध्यमबाट फाइदा हुने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रामा समस्या आउने योग छ, सचेत रहनुहोला । मान महत्व बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतीपूर्ण समय छ । धेरै परिश्रमपछि कममात्र सफलता मिल्ला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न बन्न सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुनसक्ने योग रहेकोले सावधान रहनुहोला । आफ्नै बल विवेकले काम राम्रो हुनेछ । दैनन्दिनी पूर्ववत रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेपनि आजको दिन लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुट्ला, तर अरूलाई वचन दिने बानीले दुःख हात लाग्न सक्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । वर्चश्व वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप बढ्नेछ । आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ भने स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्ने सम्भावना छ । तथापि, आम्दानी वृद्धि होला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखद बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ । आफ्नो प्रतिभा देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ तर काम बिग्रने भयले सताउला । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही खर्चिलो महसुस होला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । आफ्नो अधिकारको रक्षा गर्न विशेष प्रयत्न लगाउनुपर्ला । रसरागमा रुचि बढ्नेछ । मान महत्व रहला । पछिल्लो प्रहर समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर सोचेको लाभ मिल्न नसक्ने समय छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुन सक्ने योग छ । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता वृद्धि होला । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । मिष्ठान्न भोजन जुर्ला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा भने राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ, चनाखो भइ समयोचित लाभ उठाउने प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । धैर्यशाली भइ व्यवहार गर्नु हितकर हुनेछ । सन्तानसुख प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array