असार १९ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ असार १९ गते बुधबार ई.सं.२०२४ जुलाई ०३ नेपाल सम्बत ११४४ तछलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शूल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:१२ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पुरानो सफलताले पनि हौसला जगाउनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । अनुकूलता वृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन राम्रो छ । प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मत गर्न सके मनग्य धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । मिठो भोजन प्राप्त हुनेछ । आयबल बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आरोग्यता रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन त्यति अनुकुलको नहुन सक्छ । दौडधुप बढ्नेछ । अनावश्यक दौडधुपमा समय बित्ला । आजको दिन योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्न सक्छ । प्रेम र मित्रताको गाँठो कसिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आरोग्यता वृद्धि हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): शभता वृद्धि हुनेछ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । व्यापार ब्यवसायमा फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट विशेष सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने योग छ । यसका बाबजुद प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । बोली र व्यक्तित्वको प्रभाव पर्नेछ । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि विजय तपाईंकै होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहजनक समाचारले मन प्रशन्न हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता मिल्नेछ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभता बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । व्यापारमा राम्रै फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइएला । काम बिग्रने डरले सताइरहनेछ । आफन्तको साथ भने मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array