असार १८ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं. २०८१ असार १८ गते मंगलबार ई.सं.२०२४ जुलाई ०२ नेपाल सम्बत ११४४ तछलागा एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, धृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१२ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन राम्रै छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने दोहोऱ्याएर प्रयत्न गरे सफल हुने समय छ । प्रेमको बन्धन कसिएला । धन कमाउने अवसरको योग छ, तर खर्च पनि केही बढ्ला । परिवारजनबाट खुशी मिल्ला । नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । व्यस्तता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आज मन मिल्ने साथी भेटिने योग छ, तर मनको भाव व्यक्त गर्न हतार नगर्नु हितकर हुनेछ । आयबल बलियो होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यपन पनि वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कार्यगति बढ्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला, तर बलजफ्ती गर्दा काम बिग्रन सक्छ, हेक्का राख्नुहोला । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्ने योग छ । छरछिमेकमा विवाद पर्नुबाट जोगिने प्रयत्न गर्नुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अरूको विश्वास गर्दा धोका मिल्न सक्ने समय छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ भने आश्वासन दिनेले नै झुक्याउन सक्छन् । व्यापारमा पनि खास उपलब्धि हासिल गर्न नसकिएला । इर्ष्या गर्नेहरूले काममा अवरोध खडा गर्न सक्छन् । योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफ्नै बुद्धि–विवेकले परिस्थितिमा सुधार आउला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने दिन छ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्ने समय छ । जोखिमप्रति भने सजग रहनुपर्नेछ । रसरागमा आकर्षण बढ्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले धेरै काम बनाउन सकिने समय छ । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ भने शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू सुरु हुनेछन् । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । आरोग्यता र सुख बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौतीयुक्त रहला । पढाइलेखाइमा केही पछि परिने योग छ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । आफ्ना योजनाको गोपनीयतामा ध्यान दिनुहोला । नातेदारहरुसंग मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । आर्थिक समस्याले पिर्ने र हातहतियार तथा सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): तपाईंको लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । महत्वपूर्ण योजनाहरू गोप्य राख्न सक्दा आफ्नै प्रतिष्ठा वृद्धि हुनेछ । आजको दिन इर्ष्यालुजनबाट सावधान रहनु हितकर होला । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । तथापि, नियमित कार्यमा केही परिश्रम पर्ला । साहस भने बढेर आउनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता वृद्धि हुनेछ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । एकपछि अर्को अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सचेत रहनुहोला । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समय शुभदायी छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । प्रशंसकहरू बढ्नेछन् । आरोग्यता रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनु उचित हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । अनुकूलता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि जथाभावी काममा हात नहाल्नु नै हितकर हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array