असार १७ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ असार १७ गते सोमबार ई.सं.२०२४ जुलाई ०१ नेपाल सम्बत ११४४ तछलागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सुकर्मा योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५:११ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । आयआर्जनको स्रोत बढ्नेछ भने चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । मातृशक्तिको सल्लाह तथा सहयोगले फाइदा हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल बढ्नेछ । पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने समय छ । धन आर्जन हुने योग छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । परिवारजनको साथले उत्साह जगाउला । तथापि, प्रतिस्पर्धीहरूले भने सताउने प्रयास गर्न सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नु हितकर होला । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्ने दिन छ । तर, आश मारेको काम बन्नाले उत्साह जाग्ला । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आज अरूका काममा समय खर्चनुपर्ने योग पनि छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सचेत रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने भएपनि शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख मिल्न सक्छ । अरूको भरपर्दा धोका पाइएला । यसका बाबजुद मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । स्थायी सम्पत्तिमा भने विवाद आउन सक्छ, सचेत व्यवहार गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ, यसप्रति भने सचेत रहनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । मनग्य धन तथा भौतिक वस्तु लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । रमाइलो यात्राको अवसर जुट्ला । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव महसूस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा आफ्नो पक्षमा परिणाम हात पार्न सकिएला । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । व्यस्तता बढ्नेछ । तैपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्ने योग छ । समयमा हिम्मत गर्न नसक्दा पछि परिने सम्भावना छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुन सक्ने समय छ, गोपनीयतामा विशेष ध्यान राख्नुहोला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तथापि जित तपाईंकै होला । पराक्रम बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्नहरू अगाडि आउलान् । खर्च पनि केही बढ्ने समय छ । तर, विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त होला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जगाउने योग पनि छ । स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ भने सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सावधान रही कर्म गर्नुहोला आजको दिन आफन्तको साथ कमै मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array