साविक विजेता इटालीलाई पराजित गर्दै स्विट्जरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८१, आईतवार
1 Min Read
Aa
BERLIN, GERMANY - JUNE 29: Federico Chiesa of Italy is challenged by Ricardo Rodriguez of Switzerland during the UEFA EURO 2024 round of 16 match between Switzerland and Italy at Olympiastadion on June 29, 2024 in Berlin, Germany. (Photo by Alex Pantling - UEFA/UEFA via Getty Images)

काठमाडौं – साविक विजेता इटली युरो कप २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।

नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक/एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।

स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array