असार १६ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं. २०८१ असार १६ गते आईतबार ई.सं.२०२४ जून ३० नेपाल सम्बत ११४४ तछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगंड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:११ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्यगति बढ्ने तथा आय वृद्धि हुने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । मेहनत गर्दा सफलता प्राप्त हुने नै छ । दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि होला । साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन कर्मबल बलियो रहेपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । स्वास्थ्य कमजोर रहला । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिने योग छ । तपाईंको स्वतन्त्रतामै व्यवधान आउन सक्छ, सावधान रहनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । रचनात्मकता बढ्नेछ । परिवारिक सुख रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उत्साहजनक समाचारले हर्ष बढाएपनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ भने मिठो भोजन प्राप्त होला । आज मनोकूलको काम बनेर मन प्रशन्न नै रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । तार्किक क्षमता बढ्नेछ । जोखिम महसूस भएपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यवसायमा लाभ हुने तथा कार्यमा राम्रै फाइदा हुने समय छ । धनलाभ होला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्नेछ । नयाँ काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन त्यत्ति सुखद नरहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ भने साथीभाइबाट पनि धोका मिल्ने योग छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन पैदा हुन सक्छ । उच्चाधिकारीको साथ भने मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ, तथापि, नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । मिठो भोजन प्राप्त हुने र रसरागमा आकर्षण बढ्ने योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ । सानातिना समस्या देखापरे पनि दिन मनोरञ्जनपूर्ण रहने छ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आरोग्यबल वृद्धि होला । रसरागमा रुचि रहनेछ । । समग्रमा समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम वृद्धि हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने नयाँ ज्ञान सिक्ने मौका जुर्ला । लेखाइपढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग लाभदायी भेटघाट हुने योग छ । आरोग्यपन बढ्नेछ । रसरागको भाव जागृत होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): गरी आएको कामलाई निरन्तरता दिएपनि नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सजगता अपनाउनु हितकर हुनेछ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आरोग्यता र शुभता वृद्धि हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिने समय छ । कर्मप्रतिको लगनशीलता उपलब्धिमूलक सावित हुनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने योग छ । रसरागमा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । प्राकृतिक पर्यावरणमा रमाउँदै दिन बित्ला । प्रेमभाव र सुख वृद्धि हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array