असार ११ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८१, मंगलवार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असार ११ गते मंगलबार ई.सं.२०२४ जून २५ नेपाल सम्बत ११४४ तछलागा चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वैधृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:०९ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सजिलै अरुको मन जित्न सकिने, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिएला । तर, काममा रुचि घट्ने तथा खराब विचारले मनमा डेरा जमाउन सक्छ, सचेत रहनुहोला । जोखिम र दौडधुप वृद्धि हुनेछ । चोटपटक लाग्नुबाट बच्न आजको दिन विशेष सचेत रहनुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): तपाईंका कामको उच्च मूल्याङ्कन हुने समय छ । बोलीको कदर हुनुका साथै कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । काम गर्ने वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर जुर्ने योग छ । आरोग्यता रहनेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । पारिवारिक समस्याको समाधान निस्कनेछ । उत्साह बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग-व्यापारमा पनि विशेष फाइदा प्राप्त होला । सहयोगीहरूले राम्रै साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएका काम फेरि सुधारको दिशामा जानेछन् । सामर्थ्य र आरोग्यता बढ्नेछ । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयको धार अलिक विपरीत दिशामा चलेको हुँदा सकारात्मक बोलीको पनि विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । व्यापार-व्यवसायमा हानी व्यहोर्नुपर्ला । कर्मचारी हुनुहुन्छ भने अपजस व्यहोर्नुपर्ने योग रहेकोले सचेत र संयम रहनु उचित हुनेछ । आजको दिन यात्रागत कार्य नगर्नु नै हितकर हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सावधान रहनुहोला । रसरागमा भने आकर्षण बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । आरोग्यता रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । सभा-सम्मेलनमा सहभागिता जनाउने योग रहेपनि आजको दिन पारिवारिक समस्याले मन खिन्न रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास रुचि रहने छैन । चोटपटकको भय पनि छ । मातापिताको स्वास्थ्यसम्बन्धी चिन्ता बढ्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । सार्वजनिक कार्यक्रममा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम र अनुकुलता वृद्धि हुनेछ । नसोचेका कामहरु बन्ने र पठनपाठनमा प्रगति हुने समय छ । आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका जुर्ला । कर्मप्राप्तिको योग छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । मान महत्व बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मान महत्व बढ्ने र आरोग्यबल वृद्धि हुने समय छ । समय मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने योग छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय अलिक चुनौतीयुक्त छ । सानातिना काम तथा घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । काममा बाधाअडचन आउन सक्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानीको सम्भावना रहेकोले विशेष सचेत रहनुहोला । बौद्धिक र सृजनात्मक कार्यमा भने सफलता मिल्नेछ । स्वास्थ्यप्रति पनि अलिक ध्यान बढाउनु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । व्यापारमा लाभ होला । समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आय तथा कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल वृद्धि भएपनि मान्यजन वा अभिभावकवर्ग असन्तुष्ट रहन सक्ने समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा कुरा काट्नेको कमी हुने छैन । तथापि, सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आकस्मिक यात्राको सम्भावना पनि छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आफन्तको साथ कमै मिल्ने दिन छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array